राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सभापति रवि लामिछानेमाथि राजनीतिक प्रतिशोध भएको दाबी गर्दै न्यायका लागि हस्ताक्षर अभियान चलाइरहेको छ।
यसैबीच, थुप्रै कलाकारहरूले रविको पक्षमा हस्ताक्षर गरेका छन्।
शुक्रबार हस्ताक्षर गर्दै लामिछानेको पक्षमा कलाकारहरूले ऐक्यबद्धता जनाएका छन्।
काठमाडौँमा आयोजित एक कार्यक्रमबीच कलाकारहरू रामचन्द्र अधिकारी, अशोक शर्मा, किरण केसी, खगेन्द्र लामिछाने, राजाराम पौडेल, गायक खेम सेन्चुरी र पत्रकार प्रकाश सुवेदी लगायतले हस्ताक्षर गरेर ऐक्यबद्धता जनाएका हुन्।
केहीअघि अभिनेता विपिन कार्की र रमेश उप्रेती समेत रास्वपाको कार्यालमा पुगेर हस्ताक्षर अभियानमा सहभागी भएका थिए।
लामिछानेमाथि राजनीतिक प्रतिशोध साँधिएको भन्दै पार्टीको तेस्रो स्थापना दिवसबाट देशभरि हस्ताक्षर अभियानमा सञ्चालन गरिएको थियो।
Shares

प्रतिक्रिया