कला


उदयानन्द स्मृति प्रतिष्ठानद्वारा नेपाल र रेग्मीलाई सम्मान

उदयानन्द स्मृति प्रतिष्ठानद्वारा नेपाल र रेग्मीलाई सम्मान

नेपालखबर
असार २१, २०८२ शनिबार २०:५५, काठमाडौँ

आदिमहाकवि उदयानन्द अर्ज्यालको २७१ औँ जन्म जयन्तीका अवसरमा उदयानन्द स्मृति प्रतिष्ठानले शनिबार दुई श्रष्टालाई सम्मान गरेको छ।

प्रतिष्ठानले महाकाव्यकार एवं समालोचक डा.शैलेन्दुप्रकाश नेपाललाई आदिमहाकवि उदयानन्द पुरस्कार र नियात्राकार गीता रेग्मीलाई रामेश्वर-इन्द्रछायादेवी प्रतिभा पुरस्कार प्रदान गरेको हो। पुरस्कारको राशी जनही २५ र १० हजार रुपैयाँ छ। 

कार्यक्रमका प्रमुख अतिथि प्रज्ञा प्रतिष्ठानका पूर्वसदस्य सचिव डा.तुलसीप्रसाद भट्टराईले नेपाल र रेग्मीलाई नगद पुरस्कारसहित सम्मान-पत्र अर्पण गरे। 

प्रतिष्ठानका अध्यक्ष डा.प्रकाशप्रसाद अर्ज्यालको अध्यक्षतामा भएको कार्यक्रममा पद्मकन्या क्याम्पसकी उपप्राध्यापक अनुपमा रेग्मीले पुरस्कृत व्यक्तित्वहरुको विषयमा प्रकाश पारेकी थिइन्।

कार्यक्रममा प्रतिष्ठानका संस्थापक तथा वर्तमान कार्यसमितिका उपाध्यक्ष सन्तनु अर्ज्यालले स्वागत मन्तव्य व्यक्त गरेका थिए। उनले  संस्थाले गर्दै आएका गतिविधिको जानकारी दिँदै कार्यक्रममा उपस्थित भएर सहयोग गरेकोमा सबैलाई धन्यवाद दिए। अर्ज्यालले आगामी दिनमा पनि संस्थाले सामाजिक क्षेत्रमा विभिन्न गतिविधि सञ्चालन गर्दै जाने बताए। 

डा.केदार न्यौपानले धन्यवाद ज्ञापन गरेको कार्यक्रमको सञ्चालन समिना खनालले गरेकी थिइन्। 

उदयानन्द स्मृति प्रतिष्ठानका कोषाध्यक्ष विनोदचन्द्र पोखरेलले प्रतिष्ठानले अहिलेसम्म १९ जना श्रष्टालाई सम्मान गरिसकेको जानकारी दिए।

प्रतिष्ठानले गत वर्ष प्रयागराज बासिष्ट र प्रल्हाद पोखरेललाई सम्मान गरेको थियो। प्रतिष्ठानले उदयानन्दको महाकाब्यसमेत प्रकाशन गरेको छ। उदयानन्द टिकटमाला पनि प्रकाशित छ। 

रामेश्वर-इन्द्रछायादेवी प्रतिभा पुरस्कार रामेश्वर-इन्द्रछायादेवीका सन्ततीहरूले स्थापना गरेका हुन्।


 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad