कला


‘नेशनल म्युजिक अवार्ड २०८१’ मा कुमा सागरदेखि दुर्गेश थापासम्मको प्रस्तुति हुने

‘नेशनल म्युजिक अवार्ड २०८१’ मा कुमा सागरदेखि दुर्गेश थापासम्मको प्रस्तुति हुने

नेपालखबर
असार २२, २०८२ आइतबार १२:०, काठमाडौँ

आगामी असार २८ गते ‘नेशनल म्युजिक अवार्ड’को हुँदैछ। रेडियो कान्तिपुरले आयोजना गर्ने उक्त अवार्डमा १४ विधा र लाइफ टाइम अचिभमेन्ट अवार्डसहित कन्सर्ट पनि समावेश गरिने आयोजकले जनाएको छ।

कन्सर्टमा अहिलेका चर्चित गायक कुमा सागरदेखि दुर्गेश थापासहित १० चर्चित युवा कलाकारको प्रस्तुति रहनेछ। ३ हजार दर्शक क्षमता रहेको गोदावरी सनराइज सम्मेलन केन्द्रमा कुमा र दुर्गेशसँगै सुशान्त घिमिरे, स्वप्न सुमन, अस्मिता अधिकारी, वाङ्देन शेर्पा, एलिना चौहान, पशुपति शर्माले साङ्गीतिक प्रस्तुति दिँदा सुन्दर खनाल र सुजिता श्रेष्ठले हास्य प्रस्तुति दिनेछन्।

कान्तिपुर टेलिभिजनको सिओओ, सुरजसिंह ठकुरीले ‘नेशनल म्यूजिक अवार्ड’ले आफ्नो स्तर बढाउँदै यो पटक स्तरोन्नति गर्दै कन्सर्टसँगै अवार्ड वितरण गर्न लागेको जानकारी गराए। 

उनले भने,‘यो वर्षौँदेखि हुँदै आएको कार्यक्रम हो। पुराना व्यक्तित्वको योगदान सम्झँदै उहाँहरूलाई दोसल्ला ओढाउँदै सम्मान दिँदै आएका हौँ। पहिला हामी पाँचतारे होटलमा कार्यक्रम गर्दै, टेलिभिजनमार्फत दर्शकबिच पुग्दै आएका थियौँ। तर, यो पटक दर्शक सँगसँगै बसेर हामी कार्यक्रम गर्दैछौं। यो पटक हामी पाँचतारे होटल बाहिर बसेर दर्शकसँगै यो कार्यक्रम गर्छौँ । यो म्युजिकल नाइट्समा युवा कलाकारलाई स्थान दिँदै उहाँहरूको प्रस्तुतिमार्फत हामी सँगै रमाउनेछौँ।’

रेडियो कान्तिपुरको स्टेशन म्यानेजर, पवन आचार्यले यसअघि रेडियो कान्तिपुरमा बजेका गीतलाई मात्रै अवार्ड दिइन्थ्यौं भने केही वर्षयताबाट कान्तिपुर बाहेकका क्षेत्रमा बजेका गीतलाई पनि अवार्डमा समावेश गराउँदै आएको बताए।

‘रेडियो कान्तिपुर मात्रै त्यस्तो रेडियो हो जसले गीत बजाए बापत स्रष्ठालाई रोयल्टी दिँदै आएका थियौँ । त्यही रोयल्टी दिने क्रममा हामी कार्यक्रम आयोजना गर्थ्यौ । तर, अहिले रोयल्टी समाजले नै रोयल्टी लिन्छ । त्यसैले अहिले हामीले कान्तिपुरमा बजेका मात्रै होइन बाहिर बजेका गीतलाई पनि अवार्डमा समेट्छौँ,’आचार्यले भने,’टिकट किन लिनुभयो भन्नुहोला? खासमा अपनत्व अनुभव गराउन हामीले टिकट राखेका हौँ। सङ्गीतका मूर्धन्य व्यक्तित्वलाई उहाँहरूले सङ्गीतमा गर्नु भएको जीवन लगानीको कदर स्वरूप पनि हामीले टिकट राखेका हौँ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad