कला


‘मिसेस नेपाल वर्ल्ड’ को चौथो संस्करणको आवेदन खुला

‘मिसेस नेपाल वर्ल्ड’ को चौथो संस्करणको आवेदन खुला

नेपालखबर
असार २३, २०८२ सोमबार १२:२४, काठमाडौँ

विवाहित महिलाहरुको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड’ को चौथो संस्करणको आवेदन खुला भएको छ। आयोजक संस्था रिबन ईन्टरटेन्मेन्ट प्रालिले मिसेस नेपाल वर्ल्ड २०२५ को आवेदन खुला गरिएको घोषणा गरेको हो। 

प्रतियोगीताको अडिसन र ग्राण्ड फिनालेको मितिसमेत सार्वजनिक गरिएको छ। आयोजक संस्था रिवन ईन्टरटेन्मेन्ट प्रालिका अध्यक्ष निशुकान्त झाले प्रतियोगिताको पहिलो चरणको अडिसन श्रावण १७ गते नयाँ बानेश्वरस्थित अर्याल इन्टरनेशनल होटलमा हुने र ग्रान्ड फिनाले असोज २८ गते नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा हुने जानकारी गराए।

यस वर्ष मिसेस नेपाल वर्ल्डमा लोकप्रिय हास्य अभिनेता केदार घिमिरे माग्ने बुढा र अभिनेत्री दीपिका प्रसाईं पनि जोडिएका छन्। पत्रकार सम्मेलनमा केदार प्रमुख अतिथी र दीपिका गुडविल एम्बेस्डरका रुपमा सहभागी भए। केदारले चौथो स्टेजको क्यान्सरसँग जुधिरहेकी एमएस नेपाल २०२३ सिता सुवेदीको उपचारका लागि ५१ हजार रुपियाँ सहयोग प्रदान गर्ने घोषणा गर्दै अन्य व्यक्तिलाई समेत उनलाई सहयोग गर्न आह्वान गरे। 

घिमिरलेले मिसेस नेपाल विवाहित महिलाका लागि निकै राम्रो अवसर रहेको चर्चा गर्दै यसमा भाग लिनका लागि घर परिवारको सहयोगका साथै प्रतियोगी आफैँमा विभिन्न कुरामा पोख्न हुनुपर्ने बताए। गुडविल एम्बेस्डर तथा अभिनेत्री प्रसाईंले मिसेस नेपाल वर्ल्ड केवल सौन्दर्य प्रतियोगीता मात्र नभई महिलालाई आत्मविश्वाशका साथ अगाडि बढ्न हौसला दिने साझा मञ्च रहेको चर्चा गर्दै त्यसका लागि महिला स्वयंले आत्मविश्वासका साथ अघि बढनुपर्ने बताइन्।

मिसेस नेपाल वर्ल्ड २०२४ डेनिला कार्कीले मिसेस नेपाल वर्ल्डमा भाग लिएर विजेता बनेपछि आफूले धेरैलाई केही न केही ढंगले सकरात्मक रुपमा प्रभावित पार्न सकेको जनाउँदै विवाहपछि पनि आफूलाई अगाडि बढाउन चाहने महिलाका लागि यो निकै राम्रो अवसर रहेकाले अंगाल्न आग्रह गरिन्। 

आयोजक निशुकान्त झाका अनुसार प्रतियोगितामा सहभागी हुनको लागि उचाइ र तौलको मापदण्ड राखिएको छैन, तर इच्छुक प्रतियोगी न्यूनतम एसएलसी उत्तीर्ण भने हुनुपर्नेछ। प्रतियोगितामा एकल महिलाले पनि  सहभागिता जनाउन सक्नेछन्। आवेदन खल्ती एप वा रिबन इन्टरटेनमेन्टको आधिकारिक वेबसाइटमार्फत भर्न सकिनेछ। 

प्रतियोगिता अवधिभर विभिन्न क्षेत्रका विज्ञ प्रशिक्षकद्वारा व्यक्तित्व विकास, प्रस्तुति कला, आत्मविश्वास अभिवृद्धि, सञ्चार सीप लगायतका विषयमा विशेष प्रशिक्षण प्रदान गरिनेछ।

प्रतियोगितामा कोरियोग्राफर आश्विनीकान्त झा रहनेछन् भने नृत्य कोरियोग्राफी सन्दीप भुजेल, सहायक कोरियोग्राफर आईना गजुरेल  रहने छन्। प्रतियोगिताको समन्वय सम्राट शाह र गंगा महर्जनले गर्नेछन्। मिसेस नेपाल वर्ल्डसँगै मिसेस नेपाल इन्टरनेसनल र एमएस इन्टरनेसनल उपाधिका विजेता पनि सोही मञ्चबाट घोषणा गरिनेछ।

विजेता मिसेस नेपाल वर्ल्डले आगामी वर्ष अमेरिकामा हुने मिसेस वर्ल्ड २०२५ मा नेपालको प्रतिनिधित्व गर्ने अवसर प्राप्त गर्नेछिन्।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad