कला


कहिले रिलिज हुँदैछ ऋषभ शेट्टी स्टारर फिल्म ‘कान्तारा: च्याप्टर १’?

कहिले रिलिज हुँदैछ ऋषभ शेट्टी स्टारर फिल्म ‘कान्तारा: च्याप्टर १’?

नेपालखबर
असार २४, २०८२ मंगलबार १४:२, काठमाडौँ

ऋषभ शेट्टीको मुख्य भूमिका रहेको भारतीय फिल्म ‘कान्तारा: च्याप्टर १’ को प्रदर्शन मिति तय भएको छ। यो फिल्म आगामी २ अक्टोबर(असोज २०) गतेबाट रिलिज हुनेछ।  जुन मितिमा विजयादशमी अर्थात दशैंको टीकाको दिन पर्छ। 

अभिनेताको जन्मदिनमा निर्माताले फिल्मको नयाँ पोस्टरसहित प्रदर्शन मिति तोकेका हुन्। पोस्टरमा ऋषभ एक योद्धा अवतारमा देखिएका छन् । लामो कपाल र दाह्री भएको लुकमा, उनी चारैतिरबाट आगो र तीरहरूले घेरिएका र ढाल र बन्चरोले आफूलाई बचाइरहेका देखिन्छन्।

कन्नड भाषाको यो फिल्म हिन्दी, तमिल, तेलुगु, मलयालम र बंगाली भाषामा पनि रिलिज हुनेछ।

यो फिल्म सन् २०२२ मा रिलिज भएको फिल्म ‘कान्तारा’ को प्रिक्वेल हो। यस फिल्मले ४०० करोड बढीको व्यापार गरेको थियो। यस फिल्ममा ऋषभ शेट्टी दोहोरो भूमिकामा देखिएका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad