कला


आशान्तको फिल्म ‘ताराहरू’ को पहिलो गीत सार्वजनिक

आशान्तको फिल्म ‘ताराहरू’ को पहिलो गीत सार्वजनिक

नेपालखबर
असार २४, २०८२ मंगलबार १५:५७, काठमाडौँ

कलाकार आशान्त शर्माको निर्देशनमा बनेको फिल्म ‘ताराहरू’ को पहिलो गीत सार्वजनिक गरिएको छ। फिल्ममा समावेश ‘जाम त भने कुन बाटो जाम् त’ बोलको गीत रमाइलो शैलीमा तयार पारिएको छ। 

सार्वजनिक गीतमा प्रतिक्षा देवकोटा, राजेश श्रेष्ठसहित आशान्तकै स्वर सुन्न सकिन्छ। कृष्ण प्रसाद पंगेनीको संगीत रहेको गीतमा राज पंगेनी शर्माको एरेन्ज छ। 

गीतको भिडिओमा कलाकार आशान्तसँगै अभिनेत्री मेनुका प्रधान, कुन्दुन शाक्यलगायत थुप्रै कलाकार नाच्दै गरेका अवस्थामा देखिन्छन्। गीतमै पनि संघर्षरत कलाकारको सपना देखाइएको छ। 

गोपिनी शेढाईंको निर्माणमा तयार भएको यस फिल्मको कथा आशान्तले नै लेखेका हुन्। सरद महत्त्वले खिचेको फिल्मलाई बिनोद पाण्डेले सम्पादन गरेका हुन्। विपिन स्थापितले फिल्ममा साउन्ड डिजाइनको काम गरेका हुन्।

यस फिल्ममा व्यवसायसँगसँगै आफ्ना रहरहरु पूरा गर्न हिँडेको एक व्यक्तिको कथा समेटिएको छ। फिल्ममा मेनुका र कुन्दुनसँगै आभास अधिकारी, मिरा खड्का, प्रभाकर न्यौपाने, पुष्कर गुरुङ, राजकुमार पङ्गेनी शर्मा, प्रमोदकुमार यादवलगायत थुप्रै कलाकारको अभिनय छ। यो फिल्म भदौ ६ गतेबाट रिलिज हुँदैछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad