अभिनेत्री सनिशा भट्टराईले रंगमञ्चमा डेब्यु गर्ने भएकी छिन्। हिट फिल्म ‘१२ गाउँ’ बाट डेब्यु गरेकी उनले नाटक ‘शिरीषको फूल’ मार्फत रंगमञ्चमा पाइला राख्न थालेकी हुन्।
जुन नाटकलाई कान्तिपुर फिल्म एकेडेमी अन्तर्गतको कान्तिपुर थिएटरले मञ्चन गर्न लागेको हो। साउनदेखि मञ्चन हुने यस नाटकमा सनिशा ‘सकम्बरी’ पात्रको भूमिकामा देखिनेछन्।
रंगमञ्चको यात्रा सुरु गर्न निकै उत्साहित छिन् सनिशा। ‘भिडिओ र फिल्मको कलाकारिता हुँदै ‘शिरीषको फूल’मार्फत रंगमञ्चको स्टेजमा नयाँ यात्राको अनुभव सुरु गर्न जाँदैछु। ‘शिरीषको फूल’को पात्र ‘सकम्बरी’ मेरो लागि विशेष हुनेछ,’उनले लेखेकी छिन्।
साथै ‘शिरीषको फूल’ कुनै समयका चर्चित अभिनेता जीवन लुईंटेल अभिनय गर्नेछन्। यसै नाटकबाट एकदशकदेखि अभिनयमा फर्किन लागेकी उनी सुयोगवीर पात्रको भूमिका निर्वाह गर्नेछन्। हाल अमेरिकामा रहेका जीवन आगामी साता नेपाल आउने बताइएको छ।
म्युजिक भिडिओ हुँदै उदाएकी सनिशाले पहिलो फिल्मबाटै सफलता हात पारिन्। यद्धपी, सनिशाको दोस्रो फिल्म ‘नरसिंहा:अवतार’ ले भने बक्सअफिसमा कमाल गर्न सकेन।
Shares

प्रतिक्रिया