सांगीतिक जोडी अस्मिता अधिकारी र महेश काफ्ले अमेरिकाका २० बढी सहरमा गुञ्जिने भएका छन्।
उनीहरूको संयुक्त सांगीतिक कार्यक्रम ‘सोलफुल यूएसए यात्रा’ घोषणा भएको हो।
उक्त सांगीतिक यात्रा आगामी अगस्टदेखि अक्टोबरसम्म संयुक्त राज्य अमेरिकाका २० भन्दा बढी विभिन्न सहरमा आयोजना हुनेछ।
ओनेस्ट रियल इस्टेटुको प्रस्तुति र थ्रीई इन्टरटेन्मेन्टुको व्यवस्थापनमा यो यात्रा कोलम्बस, ओहायो, मियामी, फ्लोरिडा, ब्रानफोर्ड, कनेक्टिकट, एसबर्न, भर्जिनिया, ल्यान्कास्टर, पेन्सिलभेनियालगायत अमेरिकाका २० भन्दा बढी सहरमा हुनेछ।
महेश र अस्मिताको राम्रो डिमान्ड भएकाले यो सांगीतिक यात्रा आयोजना गर्न लागिएको थ्रीई इन्टरटेन्मेन्टका नेपाल प्रतिनिधि अन्जान बुढाथोकीले जानकारी दिए।
महेश र अस्मिताले आफूहरू यो सांगीतिक यात्राका लागि निकै उत्साहित रहेको बताए।
अमेरिकामा रहेका नेपालीमाझ आफ्ना गीत सुनाउने मौका भन्दै उनीहरूले खुसी व्यक्त गरे।
महेश र अस्मिताको संयुक्त गायनमा रहेका ‘लज्जावती झार’, ‘नाच फिरिरि’ र ‘लाइटरले बिडी सल्केको’जस्ता गीत हिट छन्।
थ्रीई इन्टरटेन्मेन्टले धेरै ठुला कन्सर्ट, टुर र सांस्कृतिक कार्यक्रम आयोजना गर्छ।
थ्रीईले यसअघि आनी छोइङ डोल्मा, अभया एन्ड द स्टिम इन्जिन्स, कालीप्रसाद बाँस्कोटा , इन्दिरा जोशी, प्रमोद खरेल र अञ्जु पन्तजस्ता चर्चित नेपाली कलाकारलाई पनि सांगीतिक प्रस्तुतिका लागि अमेरिका टुर गराइसकेको छ।
Shares

प्रतिक्रिया