जापान सरकारले नेपालाई ५७ करोड २० लाख जापानी येन अनुदान उपलब्ध गराएको छ।
मानव स्रोत विकास परियोजना कार्यान्वयन गर्न जापानी आर्थिक वर्ष २०२५ मा जापान सरकारले ५३ करोड ७० लाख रुपैयाँबराबरको अनुदान उपलब्ध गराएको हो।
अर्थ मन्त्रालयमा बुधबार यससम्बन्धी सम्झौतामा हस्ताक्षर भएको छ।
नेपालको तर्फबाट अर्थसचिव घनश्याम उपाध्याय र जापानको तर्फबाट राजदूत तोरु माइदाले सम्झौतापत्रमा हस्ताक्षर गरेको अर्थ मन्त्रालयले जनाएको छ।
यो जापानी मानवस्रोत विकास छात्रवृत्ति कार्यक्रम हो। जापान सरकारले सन् २०१५ यता यस कार्यक्रमलाई सहयोग गर्दै आएको छ। विभिन्न चरणमा कार्यान्वयन हुने यस परियोजनामा अनुदान रकम विश्वविद्यालय ट्युसन, खर्च, यात्रा, बिमा र शैक्षिक वस्तुहरु स्नातकोत्तर पढ्ने २० विद्यार्थी र विद्यावारिधि गर्ने दुई जनामा खर्च हुनेछ।
हालसम्म यस परियोजनाअनुसार १४२ नेपाली सरकारी कर्मचारीले चर्चित जापानी संस्थाहरुमा आफ्नो अध्ययन पूरा गरेका छन्। यस कार्यक्रमअनुसार अहिले पनि ४० जनाले स्नातकोत्तर र पाँच जनाले पीएचडी गरिरहेको अर्थ मन्त्रालयले जनाएको छ।
Shares

प्रतिक्रिया