पाइलट रामेश्वर थापाको बायोग्राफीमा फिल्म ‘क्याप्टेन साब’ बन्ने भएको छ। बिहीबार काठमाडौँको गौरीघाटमा ‘क्याप्टेन साब’ को शुभमुहूर्त गरिएको हो।
दीपेन्द्र के खनालको निर्देशनमा बन्न लागेका फिल्ममा क्याप्टेन रामेश्वर थापाको जीवनीमा आधारित हुनेछ। पाइलटसहित थापा व्यवसायी तथा सञ्चार उद्यमी समेत हुन्।
फिल्मको मूर्हत सटमा व्यवसायी डा उपेन्द्र महतो कल्याप र क्याप्टेन थापाले निर्देशन गर्दै सुरुवात गरिएको थियो। पटकथा प्रडक्सनको दोस्रो प्रस्तुति रहेको यस चलचित्रमा खगेन्द्र लामिछाने, अभिनेत्री सुरक्षा पन्त र सञ्जोग रसाइली मुख्य भूमिकामा छन्।
दीपेन्द्रले यसअघि ‘धनपति’ मा खगेन्द्र र सुरक्षालाई मुख्य भूमिकामा लिएका थिए। त्यसयता एउटै चलचित्रमा यी तीनजनाको यो पहिलोपटक सहकार्य हुन लागेको हो। दीपेन्द्र र खगेन्द्रले भने सँगै काम गर्दै आएका छन्।
कृष्णबहादुर थापा छायाकार रहेको चलचित्रको छायांकन काठमाडौँसँगै चितवन र काभ्रेका विभिन्न स्थानमा हुनेछ। भदौको पहिलो साताबााट फिल्मको सुटिङ हुनेछ।
‘क्याप्टेन साब एक फरक खालको चलचित्र हुनेछ। क्याप्टेन रामेश्वर थापाको जीवनका उतारचढावसँगै सिनेम्याटिक लिबर्टी लिएर फुल इन्टरटेनमेन्ट चलचित्र बनाउने छौँ,’निर्देशक खनालले भने, ‘क्याप्टेनले आकाशमा भोग्ने समस्या, स्थानीयस्तरमा पाउने सम्मान, व्यावसायमा जोडिन आउने विभिन्न तहका व्यक्तिलगायत पक्ष समेट्ला आफैँमा गज्जवको चलचित्र बन्ने हाम्रो विश्वास छ।’
यार्सा स्टुडियोसँगै रिच इन्टरटेन्मेन्ट पनि जोडिएको यो चलचित्रमा निर्मातामा निर्देशक दीपेन्द्र स्वयंसँगै करण श्रेष्ठ र श्रृष्टिमा खनाल छन्। कार्यकारी निर्मातामा सिर्जना नापित छिन्।
Shares

प्रतिक्रिया