कला


रविको पक्षमा हस्ताक्षर गरेपछि मनीषाले भनिन्- उहाँमाथि राज्य अन्याय भइरहेको छ

रविको पक्षमा हस्ताक्षर गरेपछि मनीषाले भनिन्-  उहाँमाथि राज्य अन्याय भइरहेको छ

नेपालखबर
असार २६, २०८२ बिहिबार १४:३, काठमाडौँ

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सभापति रवि लामिछानेमाथि राजनीतिक प्रतिशोध भएको दाबी गर्दै हस्ताक्षर अभियान चलाइरहेको छ। यसैबीच, अभिनेत्री मनीषा कोइरालाले लामिछानेको पक्षमा हस्ताक्षर गरेकी छिन्। 

आज रास्वपाले आयोजना गरेको हस्ताक्षर अभियानमा रास्वपा कार्यलयमै पुगेर उनले हस्ताक्षर गरेकी हुन्। ‘न्यायका लागि’ हस्ताक्षर गरेको भन्दै उनले लामिछानेमाथि राज्यले अन्याय गरेको आरोप लगाइन्।  

‘म कुनै पनि पोलिटिकल पार्टीसँग आबद्ध छैन। एउटा आम नागरिकको नाताले जुन राज्यबाट अन्याय भइरहेको छ त्यसविरुद्धमा आवाज उठाउन आएको हुँ,’ उनले भनिन्। 

सोमबार मात्रै काठमाडौँमा आयोजित एक कार्यक्रमबीच कलाकारहरू रामचन्द्र अधिकारी, अशोक शर्मा, किरण केसी, खगेन्द्र लामिछाने, राजाराम पौडेल, गायक खेम सेन्चुरी र पत्रकार प्रकाश सुवेदीलगायतले हस्ताक्षर गरेर ऐक्यबद्धता जनाएका थिए। 

त्यस्तै, केहीअघि अभिनेता विपिन कार्की र रमेश उप्रेतीसमेत रास्वपाको कार्यालमा पुगेर हस्ताक्षर अभियानमा सहभागी भएका थिए। 

लामिछानेमाथि राजनीतिक प्रतिशोध साँधिएको भन्दै पार्टीको तेस्रो स्थापना दिवसबाट देशभरि हस्ताक्षर अभियानमा सञ्चालन गरिएको छ। रवि लामिछाने भने सहभागी ठगी प्रकरणमा रुपन्देहीमा कारागारमा छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad