कला


ट्रेन्डिङ नम्बर २ मा ‘जाने भए जाम माया’ (भिडिओ)

ट्रेन्डिङ नम्बर २ मा ‘जाने भए जाम माया’ (भिडिओ)

नेपालखबर
असार २६, २०८२ बिहिबार १४:८, काठमाडौँ

भ्लगर सिसन बानियाँ र गुराँस नानीसँगको सहकार्यमा दुर्गेश थापाले ल्याएको नयाँ गीत ट्रेन्डिङमा परेको छ। 

बुधबार सार्वजनिक भएको ‘जाने भए जाम माया’ २४ घण्टा नपुग्दै युट्युबको ट्रेण्डिङमा परेको हो।

२० घण्टामा १६ लाख बढी दर्शकले हेरिसकेको गीत युट्युबको संगीततर्फको ट्रेन्डिङको दोस्रो स्थानमा छ। पहिलो स्थानमा भने सज्जनराज वैद्यको ‘बेहुली’ गीत रहेको छ।

दुर्गेश, सिसन र गुँरास नानीबीचको यो सहकार्यलाई दर्शकले रुचाएका छन्। युट्युवमा मात्रै नभई टिकटक र रिल्समा पनि यो गीत छाएको छ। गुराश नानी सामाजिक सञ्जालमा ट्रोल आएकी छिन्। 

यस गीतको शब्द, संगीत र संगीत संयोजन दुर्गेशकै रहेको छ। स्वरमा दुर्गेशलाई सिसन र अल्हाजी गेरोले साथ दिएका छन्। गीतको भिडिओमा दुर्गेश, सिसन र गुँरास नानीसँगै अन्य कलाकारहरू छन्।

गीतलाई २० घण्टामै १६ लाखभन्दा बढी पटक हेरिएको छ। यसअघि यस्तो रेकर्ड विष्णु माझीको गीत ‘आइन आम यो तीजमा’ले राखेको थियो।

माझीको गीत रिलिजकै दिन १५ लाख पटक हेरिएको थियो।

दुर्गेशको गीतले भने रिलिजको २० घण्टामा विष्णु माझीको गीतको उक्त रकर्ड तोडेको हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad