गायिका कोमल वलीले नयाँ तीज गीत ल्याएकी छिन्। बिहीबार वलीको स्वरमा ‘सुनिदेऊ शिव’ बोलको तीज सार्वजनिक भएको छ। उनको पुरानै गीत ‘भेटिएन कोही’ लाई परिमार्जित गरि यो गीत ल्याइएको छ।
सार्वजनिक गीतको शब्द, संगीत र स्वर कोमलको आफ्नै छ। विनोद बाजुराली म्युजिक एरेन्जर रहेको गीतलाई खडक बाजुरालीले मिक्सिङ र मास्टरिङ गरेका हुन्।
हरेक वर्ष भिन्न शैलीका तीज गीत ल्याउने कोमलले यसपटक शान्त र भावुक गीत ल्याएकी छन्।
गीतमार्फत एक चेलीले तीजमा धर्मअनुसार व्रत बसेर महादेवसँग मनको मर्म सुनाइदिन आग्रह गरेकी छन्।
वलीले अघिल्ला वर्षमा ल्याएको ‘पोइला जान पाम’, ‘तीजमा रमाइलो’, ‘बोल्नेलाई बोल्न देऊ’ निकै हिट गीत हुन्।
159
Shares

प्रतिक्रिया