फिल्म ‘जदौ’मा विनोद न्यौपाने भित्रिएका छन्।
फिल्म निर्माण टिमले अर्का अब्बल अभिनेता न्यौपानेलाई आफ्नो फिल्ममा भित्र्याएको हो।
अन्तरजातीय प्रेमकथामा बन्ने फिल्ममा मुकुन भुसाल,नीति शाह र ऋचा शर्मा अनुबन्ध भइसकेका छन्।
काजी लिम्बूको लेखन रहेको फिल्म जदौ सिल्भर स्क्रिन इन्टरटेन्मेन्ट र समिश्रण मुभिज एन्ड इन्टरटेन्मेन्टले संयुक्त रूपमा निर्माण गर्दै छन्।
फिल्मको सहनिर्मातामा रामराजा सुवेदी, ओम चेम्जोङ, शान्ता तामाङ र नारायण शास्त्री छन्।
बुद्धि माझीको निर्माण व्यवस्थापन रहेको फिल्मको छायांकन भदौ पहिलो साता सुरु हुने जानकारी गराइएको छ।
निर्माण ब्यानर सिल्भर स्क्रिनकी प्रबन्ध निर्देशक विमला भण्डारीले फिल्मका निर्देशक र बाँकी कलाकार तथा प्राविधिकबारे केही दिनमै विस्तृत जानकारी दिइने बताएकी छन्।
फिल्मको छायांकन दाङ र प्युठानका विभिन्न स्थानमा गरिने फिल्ममा बाबुल गिरीको संगीत छ।
Shares

प्रतिक्रिया