गायिका एलिना चौहानले नयाँ तीज गीत ‘एक दिन त पछुताउँछ’ ल्याएकी छन्।
सार्वजनिक गीतमा एलिना चौहानसहित गायक खुमन अधिकारीले स्वर सुन्न सकिन्छ।
गीतको शब्द गायत्री थापाले लेखेकी हुन् भने लय खुमन अधिकारीकै हो।
गीतमा श्रीमान्-श्रीमतीबीचको खटपट र सम्बन्ध विच्छेदसम्म पुगेको कुरा समेटिएको छ।
साथै ‘मलाई घृणा गर्ने मान्छे एकदिन त पछुताउँछ’ भन्ने कुरा पनि गीतमा छ।
जुन गीत सुन्दा एलिनाकै जीवनसँग मिलेको भान हुन्छ।
गीतको भिडिओमा खुमनसहित स्मारिका ढकाल, गायत्री थापा र विन थापाको अभिनय छ।
जीवन कुमार ज्ञवालीले निर्देशन तथा कोरियोग्राफी रहेको भिडिओमा दुर्गा पौडेलको छायांकन छ।
नवीन घर्तीमगरको सम्पादन रहेको भिडिओले गीतको भावनालाई प्रभावशाली ढंगले दर्शाएको छ।
348
Shares

प्रतिक्रिया