कला


एक्सन फिल्म ‘एक्का तीन’ मा मुख्य भूमिकामा देखिँदै पूजा शर्मा

एक्सन फिल्म ‘एक्का तीन’ मा मुख्य भूमिकामा देखिँदै पूजा शर्मा

नेपालखबर
असार २७, २०८२ शुक्रबार १५:४८, काठमाडौँ

गतवर्ष फिल्म ‘दान्भी’ निर्देशन गरेका निर्देशक रुपेश तामाङले नयाँ फिल्म ‘एक्का तीन’ निर्माणको घोषणा गरेका छन्। निर्माणटिमले एक पोस्टर सार्वजनिक गर्दैं फिल्मको निर्माण घोषणा गरेको हो। 

फिल्मको सार्वजनिक थीम पोस्टरमा हेलिकप्टर देखिन्छ। जुना फिल्मस्को प्रस्तुतिमा तयार हुन लागेको फिल्मलाई एक्सन जनरामा निर्माण गर्न लागिएको हो। फिल्मको थीम पोस्टरमा ठूलो विष्फोट समेत भएको देख्न सकिन्छ।

थीम पोस्टरमा तीन जना पात्र छन्। जसमा दुई पुरुष र एक महिलालाई स्थान दिइएको छ। फिल्मको मुख्य भूमिकामा अभिनेत्री पूजा शर्माले काम गर्ने पक्का भइसकेको छ। तर, अन्य मुख्य पात्रहरुको बारेमा निर्माणपक्षले केही पनि खुलाएको छैन। 

‘एक्का तीन–च्याप्टर १’ भनिएकाले पनि यो फिल्मको दोस्रो सिरिज पनि बन्ने संकेत निर्माणपक्षले दिएको छ। सुमन गजमेरको लेखन रहने यो फिल्मलाई सन् २०२६ मा रिलिज गर्ने घोषणा यसको निर्माणपक्षले गरेको छ ।

यसपटक फिल्ममा एक्सन, सस्पेन्स र बलियो कथा रहेको रुपेशको भनाई छ। आफूले यसअघिका फिल्ममा गरेका कमीकमजोरीलाई समेत सच्च्याएर यो फिल्म निर्देशन गर्ने रुपेश बताउँछन्। फिल्मको छायांकन चाडै नै सुरु हुनेछ। हाल फिल्मको प्रि–प्रोडक्सनको काम धमाधम चलिरहेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad