चर्चित अभिनेता जीवन लुइँटेल यतिखेर नेपालमा छन्। लामो समयदेखि अमेरिकामा बस्दै आएका उनी केहीदिनअघि मात्रै नाटक खेल्न नेपाल आएका छन्। उनी यतिखेर नाटक ‘शिरीषको फूल’ को रिहर्सलमा व्यस्त छन्।
कान्तिपुर थिएटरले मञ्चन गर्न यस नाटकमा उनी मुख्य भूमिकामा देखिनेछन्। पारिजातको चर्चित उपन्यासमा आधारित नाटकमा उनी उपन्यासको मुख्य पात्र सुयोगविरको भूमिकामा निवार्ह गर्नेछन्।
जीवन यो नाटकमार्फत ७ वर्षपछि अभिनयमा फर्किन लागेका हुन्। सोही नाटकमा अभिनेत्री सनिशा भट्टराईले सकम्बरीको भूमिका निर्वाह गर्दैछिन्। चर्चित मोडल तथा अभिनेत्री सनिशाले यसै नाटकबाट रंगमञ्चमा डेब्यु गर्न लागेकी हुन्।
336
Shares

प्रतिक्रिया