चर्चित टिकटकर जोडी आयुष सिंह ठकुरी र एलिजेह जमाली (एलिजे) ले अदालती बिहे गरेका छन्।
काठमाडौँ जिल्ला अदालतमा पुगेर यी दुवैले कोर्ट म्यारिज गरेका हुन्।
कोर्ट म्यारिज गरेसँगै दुवैले सामाजिक सञ्जालमा तस्बिर सेयर गर्दै प्रेमिल स्टाटस लेखेका छन्।
‘उनीहरूले हामीलाई अनलाइन खोजे तर हामीले हाम्रो सधैंको लागि अनलाइनमा हस्ताक्षर गरिरहेका थियौं। मिस्टर एन्ड मिसेस।’
आयुष नेपाली र एलिजे पाकिस्तानी हुन्। टिकटकबाट नजिकिएका यी दुवैले २०८० असोज १९ गते संयुक्त अरब इमिरेट्सको दुबईमा इन्गेजमेन्ट गरेका थिए। फरक देश र धर्मका यी जोडीको निकै भाइरल भएको थियो।
इन्गेजमेन्टपछि भने यी दुवै काठमाडौँस्थित आफ्नै घरमा बस्दै आएका छन्। टिकटकबाटै जोडिएपछि उनीहरूले धेरै सामाजिक कामहरू पनि गरेका छन्।
825
Shares

प्रतिक्रिया