मिन बहादुर भाम निर्देशित फिल्म ‘शाम्बाला’ उत्कृष्ट फिल्म घोषित भएको छ।
सोमबार चलचित्र विकास बोर्डको आयोजनामा राष्ट्रपति कार्यालयमा भएको ‘राष्ट्रिय चलचित्र पुरस्कार २०८१’ समारोहमा यस फिल्मले उत्कृष्ट फिल्मको अवार्ड हात पारेको हो। उत्कृष्ट निर्देशक अवार्ड पनि भानले नै हात पारेका छन्।

त्यसैगरि, ‘पूर्ण बहादुरको सारंगी’ बाट विजय बरालले उत्कृष्ट अभिनेताको अवार्ड जित्दा ‘खुस्मा’ बाट उपासना सिंह ठकुरीले उत्कृष्ट अभिनेत्री अवार्ड उचालिन्। २०८१ सालमा प्रदर्शनमा आएका फिल्मबाट विभिन्न विधामा अवार्ड प्रदान गरिएको थियो।
पुराना निर्देशक लक्ष्मीनाथ शर्मालाई चलचित्र दीर्घ साधना सम्मान प्रदान गरियो। चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसीसहित सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङ लगायतको उपस्थिति थियो।

यस्तो छ राष्ट्रिय चलचित्र अवार्ड २०८१ विजेताहरूको सूची:
उत्कृष्ट चलचित्र: शाम्बाला
उत्कृष्ट अभिनेता: विजय बराल (पूर्ण बहादुरको सारंगी)
उत्कृष्ट अभिनेत्री: उपासना सिंह ठकुरी (खुस्मा)
उत्कृष्ट निर्देशक: मीनबहादुर भाम (शाम्बाला)
उत्कृष्ट सम्पादक: भरत रेग्मी (पुजार सार्की)
उत्कृष्ट छायाकार: पुरुषोत्तम प्रधान (पिताम्बर)
उत्कृष्ट लेखन: दीपकराज गिरी (छक्का पञ्जा ५)
उत्कृष्ट आदिवासी मातृभाषी चलचित्र: गालय् वन (नेपाल भाषा)

निर्णायक समिति प्रोत्साहन पुरस्कार
अभिनेता प्रदीप खड्का (पुजार सार्की)
विशेष योगदान सम्मान
प्रेम सुब्बा (कलाकार)
देविका वन्दना (गायिका)
दीर्घ गुरुङ (छायाकार)
अनुप बराल (कलाकार र निर्देशक)
परशुराम चौधरी (कलाकार र निर्देशक)
सुरक्षा पन्त (कलाकार)
नकिम उद्दिन (प्रदर्शक)
उत्तम केसी (कलाकार)
अन्जु रञ्जितकार (कलाकार)
निखिल उप्रेती (कलाकार र निर्देशक)
विशेष चलचित्र पुरस्कार
चे (लिम्बु)
दिलसरा (मगर)
चलचित्र दीर्घ साधना सम्मान
निर्देशक लक्ष्मीनाथ शर्मा
मरणोपरान्त विशेष योगदान सम्मान
प्राविधिक (प्रकाश व्यवस्थापक) स्व. श्रवण मास्के (वि.सं. २०४६ मा चलचित्र ‘चिनो’ छायाङ्कनको क्रममा निधन भएको थियो)
Shares

प्रतिक्रिया