एभरेष्ट सूर्य बोहरा निर्देशित फिल्म ‘चमेलीको पोइ’को प्रदर्शन मिति तय भएको छ।
फिल्मको फस्टलुक पोस्टर सार्वजनिक गर्दै आगामी चैत १३ गतेको लागि मिति तोकिएको हो।
निर्माणटिमले तीनवटा पोस्टर सार्वजनिक गरेको छ। दुईवटा पोस्टरमा मुख्य कलाकार मुकुन ढकाल र सुरक्षा पन्त मात्रै देखिन्छन्। अर्को पोस्टरमा भने प्राय मुख्य कलाकारहरू अटाएका छन्। पोस्टर हेर्दा यो फिल्म कमेडी विधामा बनेको देखिन्छ।
धनलक्ष्मी सिने मेकर्सको प्रस्तुति रहेको फिल्मको निर्माता सुनिता सापकोटा र राम नारायण उपाध्याय हुन्। फिल्ममा सुरक्षा र मुकुनसँगै विल्सन विक्रम राई, नारायण त्रिपाठी, प्रेमदेव गिरी, रविन्द्र झा, गणेश गौतम, अंशु महर्जन, बविन राई, खड्ग बहादुर पुन, उमेश राईलगायतको अभिनय छ।
18
Shares

प्रतिक्रिया