आमिर खान अभिनीत बलिउड फिल्म ‘सितारे जमीन पर’ ले बक्सअफिसमा राम्रो कमाइ गरिरहेको छ। यस फिल्मले २६ दिनसम्म घरेलु बक्सअफिसमा १६२.९ करोड भारतीय रुपैयाँ नेट कमाइ गरेको हो।
आरएस प्रसन्ना निर्देशित यस फिल्मको ग्रस कलेक्सन १ सय ९२ करोड ५० लाख भारु छ। त्यस्तै, फिल्मको विश्वव्यापी कमाइ २ सय ५७ करोड ५० लाख भारू पुगेको छ।
सितारे जमिन पर २०१८ को स्पेनिस फिल्म च्याम्पियन्सको आधिकारिक रिमेक हो। फिल्ममा आमिर खान र जेनेलिया डिसुजा मुख्य भूमिकामा छन्।
आमिर खानको होम प्रोडक्सनको यो फिल्म आरएस प्रसन्नले निर्देशन गरेका हुन्। खान र जेनेलिया बाहेक फिल्ममा अरुष दत्ता, गोपी कृष्णन वर्मा, वेदान्त शर्मा, नमन मिश्रा, ऋषि सहानी, ऋषभ जैन, ब्रिजेन्द्र कला र डली अहलुवालियाको पनि अभिनय छ।
273
Shares

प्रतिक्रिया