कला


मदन थापाको निर्देशनमा ‘परिवार’ बन्ने, शुभमुहूर्तसँगै छायांकन सुरु

मदन थापाको निर्देशनमा ‘परिवार’ बन्ने, शुभमुहूर्तसँगै छायांकन सुरु

नेपालखबर
साउन २, २०८२ शुक्रबार १२:३७, काठमाडौँ

फिल्म ‘परिवार’ निर्माणको घोषणा गरिएको छ। राजधानीमा शुक्रबार फिल्मको शुभमुहूर्त गर्दै निर्माणपक्षले फिल्म निर्माणको घोषणा गरेको हो। 

मदन थापाको निर्देशनमा बन्ने फिल्मको अधिकांश छायाकंन काठमाडौँमा हुनेछ। केही दृश्य उपत्यकाबाहिर छायांकन गर्ने निर्माणपक्षले जनाएको छ। 

निर्देशक थापाले यस अघि चलचित्र ‘बाटो: रोड टू डेथ’ निर्देशन गरेका थिए। भदौ २७ गते रिलिज हुने चलचित्र ‘अभिमन्यु: च्याप्टर-१’मा उनले क्रिएटिभ निर्देशकको रुपमा समेत काम गरेका छन् ।

‘परिवार’को घोषणासँगै निर्माणटिमले एक पोस्टरसमेत सार्वजनिक गरेको छ। सार्वजनिक पोस्टरमा एक पुरुष, दुई महिला र एउटा बच्चा देखिएको छ। टाइटलमा ‘परि’ छुट्टै लेखिएको छ भने बाँकी अंग्रेजीमा डब्ल्यूएआर अर्थात् ‘वार’ लेखिएको छ।

यसले परिवारमा रहेको द्वन्द्वलाई संकेत गरेको छ। परिवारका सदस्यका साथमा रहेको कुकुर र बिरालोले मिल्न नसकेको परिवार अथवा झगडा भइरहने परिवारको संकेत गरेको छ ।

चलचित्रमा को-को कलाकार छन् भन्ने बारेका निर्माण पक्षले कुनै जानकारी खुलाएको छैन। किरण रिजाल, रमेश साही, भिसाका विक्रम थापा, स्प्रान्जा कँडेल निर्माता रहेका छन्। सहनिर्मातामा सन्तोष अधिकारी छन्।

फिल्मको कथा प्रेम थापा र गणेश उपाध्यायले लेखेका छन्। स्टोरी डिरेक्सन भने निर्देशक थापाकै छ। निरज कँडेलको डिओपी रहने सिनेमामा शेर शाही क्रिएटिभ डिरेक्टर छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad