अभिनेत्री प्रियंका कार्कीलाई इन्स्टाग्राममा फलो गर्नेको संख्या २० लाख पुगेको छ। आफूलाई पछ्याउनेको संख्या २ मिलियन पुगेपछि उनले हिमालय रोडिज टिमसँग नाचेर खुसी मनाएकी छिन्।
उक्त भिडिओ इन्स्टाग्राममा सेयर गर्दै उनले लेखेकी छिन्, ‘मेरो रोडिजको टिमसँग इन्स्टाग्राममा फलोअर्स संख्या २ मिलियन पुगेको अवसरमा खुसी मनाउँदै। कस्तो खुसीको रात। सबै इन्स्टा परिवारलाई हार्दिक धन्यवाद ।’
इन्स्टाग्राममा धेरै पछ्याइनेमा नेपाली अभिनेत्री अदिती बुढाथोकी छिन्। उनलाई इन्स्टाग्रामा २९ लाख बढीले फलो गरेका छन्। धेरै पछ्याउनेमा सिम्पल खरेल,रुटिन अफ नेपाल बन्द, स्वस्तिमा खड्का, श्रृंखला खतिवडालगायतका पर्छन्।
126
Shares

प्रतिक्रिया