राजनीति


देशको शान्ति सुरक्षा ठिक छ: गृहमन्त्री रमेश लेखक

देशको शान्ति सुरक्षा ठिक छ: गृहमन्त्री रमेश लेखक

नेपालखबर
साउन २, २०८२ शुक्रबार १३:५७, काठमाडौँ

गृहमन्त्री रमेश लेखकले मुलुकमा शान्ति सुरक्षाको समग्र अवस्था ठिक रहेको दाबी गरेका छन्।  शुक्रबार संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा बोल्दै उनले गृह मन्त्रालय मुलुकमा शान्ति सुरक्षालाई सुनिश्चित गर्ने काममा, नागरिकको जीउ धनको रक्षा गर्ने काममा लागिरहेको बताएका हुन्।  

उनले अपराधको न्युनीकरण, नियन्त्रण गर्ने र अपराध भइहाले त्यसमा उचित अनुसन्धान गरेर अपराधीलाई कानुन बमोजिम सजाय गर्ने काममा पनि गृह प्रशासनले काम गरिरहेको बताए।

शान्ति सुरक्षाको स्थिति अहिले अनुकुल रहेको गृहमन्त्रीको दाबी छ। अपराध नियन्त्रण गर्नेकुरामा मन्त्रालय निरन्तर लागिरहेको र अपराधिक कार्य गरेर फरार भएकाहरु पनि पक्राउ गरिरहेको उनको भनाइ छ।  
 
'मुलुकको समग्र शान्ति सुरक्षाको अवस्था ठिक छ। हाम्रो गृह मन्त्रालयको जिम्मेवारीमा पहिलो जिम्मेवारी भनेकै मुलुकमा शान्ति सुरक्षालाई सुनिश्चित गर्नेकुरा हो। नागरिकको जिउ र धनको सुरक्षा गर्ने हाम्रो पहिलो जिम्मेवारी हो,' उनले भने, 'अपराधको न्युनीकरण, नियन्त्रण गर्ने र अपराध भइहाले त्यसमा उचित अनुसन्धान गरेर अपराधीलाई कानून बमोजिम सजाय गर्ने अर्को जिम्मेवारी हो। मुलुकमा सुशासन स्थापना गर्ने, संविधान र कानुनको कार्यान्वयन गर्ने, गराउने लगायत विपद् व्यवस्थापनको काम गृह मन्त्रालयका निरन्तर काम हुन्।' 

गृहमन्त्री लेखकले लागुऔषध न्युनीकरण, नियन्त्रण, निषेध गर्ने कुरामा सबै मिलेर जानुपर्ने आवस्था रहेको बताए। सडक दुर्घटनाको नियन्त्रण जरुरी रहेको बताए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad