कला


शाह र मोक्तानले पाए ‘भक्तराज आचार्य राष्ट्रिय संगीत सम्मान’

शाह र मोक्तानले पाए ‘भक्तराज आचार्य राष्ट्रिय संगीत सम्मान’

नेपालखबर
साउन ४, २०८२ आइतबार १५:०, काठमाडौँ

‘भक्तराज आचार्य राष्ट्रिय संगीत सम्मान–२०८१’ बाट वरिष्ठ गायिका चन्द्रकला शाह तथा वरिष्ठ संगीतकार शिलाबहादुर मोक्तान सम्मानित भएका छन्।

भक्तराज आचार्य संगीत प्रतिष्ठान तथा सिटी एक्सप्रेस मनी ट्रान्सफरले शनिबार कुपण्डोलमा एक कार्यक्रम आयोजना गरी  शाह र मोक्तानलाई सम्मान गरेको हो।

प्रतिष्ठानकी संरक्षक सुशीला आचार्य तथा सिटी एक्सप्रेसका प्रबन्ध निर्देशक चन्द्र टण्डनले जनही एक लाख रुपैयाँ राशिसहितको उक्त सम्मान प्रदान गरेका हुन्। उनीहरुलाई नगद राशिसहित दोसल्ला ओढाएर ताम्रपत्र अर्पण गरिएको थियो।

समारोहमा प्रतिष्ठानले यो वर्षको 'सुशीला आचार्य सुस्वास्थ कामना सम्मान–२०८१’ दिवंगत कलाकार घनश्याम गौतमलाई ताम्रपत्रसहित सम्मानित गरेको छ। कलाकार गौतमकी धर्मपत्नी युगज्योति क्रियाशीलले उक्त सम्मान ग्रहण गरिन् ।

समारोहलाई सम्बोधन गर्दै सिटी एक्सप्रेस मनी ट्रान्सफरका प्रबन्ध निर्देशक चन्द्र टण्डनले भजन शिरोमणि भक्तराज आचार्यको सम्मानमा आयोजना गरिने कार्यक्रममा सदैव आफ्नो सहकार्य रहने धारणा व्यक्त गरे।

समारोहमा उपस्थित व्यक्तित्वहरुलाई स्वागत गर्दै प्रतिष्ठानका प्रमुख सत्यराज आचार्यले सम्मानित व्यक्तित्वहरुलाई बधाई ज्ञापन गरेका थिए।

समारोहमा गायक स्वरुपराज आचार्य, सुरजकुमार थापा र निशा देसारले भजन शिरोमणि भक्तराज आचार्य र सम्मानित गायिका तथा सङ्गीतकारसँग सम्बन्धित गीत प्रस्तुत गरेका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad