कला


चर्चामा रहेको बलिउड फिल्म ‘सैयारा’ ले तीनदिनमा कति कमायो?

चर्चामा रहेको बलिउड फिल्म ‘सैयारा’ ले तीनदिनमा कति कमायो?

नेपालखबर
साउन ५, २०८२ सोमबार १२:२२, काठमाडौँ

म्युजिक लबस्टोरी बलिउड फिल्म ‘सैयारा’ ले बक्सअफिसमा आक्रामक कमाइ गरेको छ। यस फिल्मले तीनदिनमा घरेलु बक्सअफिसमा ८३ करोड भारतीय रुपैयाँ नेट कलेक्सन गरेको छ।

गत शुक्रबार रिलिज भएको यस फिल्मले पहिलो दिन २१ करोड भारुको ओपनिङ गरेको थियो। शनिबार २५ करोड कमाएको फिल्मले आइतबार भने ३७ करोड नेट कलेक्सन पुगेको छ।

यो फिल्म सन् २०२५ मा उत्कृष्ट सफल फिल्म मात्रै बनेको छैन। तर, यो नयाँ कलाकार अभिनीत सबैभन्दा धेरै कमाउने हिन्दी फिल्म बनेको हो। यस फिल्ममा अहान पाण्डे र अनीत पड्डा मुख्य भूमिकामा छन्।  

यशराज फिल्म्सको ब्यानरमा बनेको यस फिल्मलाई मोहित सुरीले निर्देशन गरेका हुन्। प्रेमकथा फिल्मबाट चर्चामा आएका सुरी पछिल्लो फिल्म ‘एक भिलेन रिटर्न ’ थियो। उनले निर्देशन गरेका ‘आशिकी २’, ‘आवारापन’ र ‘एक भिलेन’ हिट फिल्म हुन्।

‍सामाजिक सञ्जालमा राम्रो फलोइङ भएका अहानको यो डेब्यु फिल्म हो। अनीतले काजोलसँग वेब सिरिज ‘बिग गल्र्स डोन्ट क्राइ’ र फिल्म ‘सलमा भेन्की’ मा देखिसकेकी छिन्। नयाँ भए पनि यी दुबै कलाकारहरूको अभिनयलाई दर्शक तथा समीक्षकबाट सकरात्मक प्रतिक्रिया पाइरहेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad