भदौ १२ गतेबाट प्रदर्शन हुने फिल्म ‘कोशेढुंगा’ को पहिलो गीत सार्जनिक भएको छ। निर्माण टिमले सोमबार ‘नत्र भने जिन्दगी’ बोलको तीज गीत सार्वजनिक गरेको हो।
सार्वजनिक तीज गीतमा चर्चित गायिका समीक्षा अधिकारी, खेम सेञ्चुरी र दीपिका वयम्बु मगरको स्वर सुन्न सकिन्छ। नेत्र अर्यालको शब्द रहेको गीतमा लुकलाइन शब्द र संगीत खेमको रहेको छ। श्यामश्वेत रसाइलीले गीतलाई एरेन्स, मिक्स र मास्टरिङ गरेका हुन्।
सार्वजनिक गीतको भिडिओमा फिल्मकै मुख्य कलाकार सुरक्षा पन्त, नीति शाह, ऋचा शर्मा, मञ्जिल कुँवर, दिनेश काफ्ले र स्नेहा जोशीको अभिनय छ। रमाइलो खालको तीज गीतमा यी सबै कलाकारले छमछमी नाँचेका छन्।
यस फिल्मलाई सर्वकालीन ब्लकबस्टर फिल्म‘पूर्ण बहादुरको सारङ्गी’ फेम्ड सरोज पौडेलले निर्देशन गरेका हुन्।
नेपालसहित ४० भन्दा धेरै देशमा एकसाथ रिलिज हुँदै छ। ‘कोशेढुंगा’लाई प्याट्रिक सुवेदी र रमेश ढकालको सेभेन सिज इन्टरनेसनलले अन्तर्राष्ट्रिय बजारमा वितरण गर्दैछ। यो चलचित्र डायस्पोरामा नेपाली सिनेमाकै इतिहासमा पहिलो पटक एकसाथ ४० देशमा प्रदर्शनमा आउने जनाएको छ।
चलचित्रको निर्मातामा प्रेविल कँडेल र किशोर अनुराग छन्। कार्यकारी निर्माता दिनेश खड्का हुन्।
Shares

प्रतिक्रिया