कला


‘होस्टेल ३’ समूहले ‘होस्टेल अगेन’ बनाउने

‘होस्टेल ३’ समूहले ‘होस्टेल अगेन’ बनाउने

नेपालखबर
साउन ५, २०८२ सोमबार १६:५७, काठमाडौँ

फिल्म ‘होस्टेल ३’ निर्माण समूहले नयाँ चलचित्र ‘होस्टेल अगेन’ बनाउने भएको छ। सोमबार सामाजिक सञ्जालमार्फत एक पोस्टर सार्वजनिक गर्दै फिल्म निर्माणको घोषणा गरिएको हो।

सार्वनजिक मिनिमल पोस्टरले चलचित्रको विषयवस्तुलाई प्रस्ट पार्न खोजेको छ। पोस्टरमा रगत लतपतिएको चक्कुले गुलाबको फूललाई थिचेको देखिनुले यो फिल्म सिरिजका अघिल्ला टीनएज ड्रामाहरूभन्दा फरक, थ्रिलर वा सस्पेन्स श्रेणीको हुने देखाउँछ। चक्कु र गुलाबको संयोजनले प्रेम र द्वन्द्वको मिश्रणलाई दर्साउँछ। पोस्टर डिजाइन ट्राइडेन्ट कन्सेप्टका रोयल भीमसेनले गरेका हुन्।

यस चलचित्रमा ‘होस्टेल ३’ का निर्देशक सशान कँडेल, लेखक माधव शर्मा, निर्माण कम्पनीहरू सम्मान इन्टरटेन्मेन्ट र आरोन कन फिल्म्स एवम् कार्यकारी निर्माता शङ्कर कोइराला दोहोरिएका छन्। सशान कँडेलले पहिलो पटक निर्देशन गरेको ‘होस्टेल ३’ ले सिनेमा हलमा लगातार ५१ दिन मनाउन सफल भएको थियो।

‘होस्टेल’ नेपाली चलचित्र क्षेत्रमा नयाँ पुस्ताका कलाकारहरूलाई स्थापित गर्दै आएको सफल चलचित्र शृङ्खला हो।

यस समूहले यसअघि ‘बाउ भर्सेज छोरा’ नामक चलचित्र पनि घोषणा गरेको थियो। तर, कलाकारहरूको समय व्यस्तताका कारण उक्त चलचित्र अर्को वर्षलाई सारिएको निर्देशक कँडेलले बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad