सांगीतिक प्रेमकथामा आधारित बलिउड फिल्म ‘सैयारा’ सय करोड क्लबमा प्रवेश गरेको छ। यस फिल्मले चार दिनमा घरेलु बक्स अफिसमा १ सय ७ करोड २५ लाख भारतीय रुपैयाँ नेट कलेक्सन गरेको छ।
गत शुक्रबार रिलिज भएको यस फिल्मले पहिलो दिन २१.५ करोड भारुको ओपनिङ गरेको थियो। शनिबार २६ करोड कमाएको फिल्मले आइतबार भने ३५.७५ करोड कमाएको थियो। सोमबार भने फिल्मको कमाइ २४ पुगेको हो। यो फिल्म ४५ करोड बजेटमा निर्माण भएको हो।
यो फिल्म सन् २०२५ मा उत्कृष्ट सफल फिल्म मात्रै बनेको छैन। तर, यो नयाँ कलाकार अभिनीत सबैभन्दा धेरै कमाउने हिन्दी फिल्म बनेको हो। यस फिल्ममा अहान पाण्डे र अनीत पड्डा मुख्य भूमिकामा छन्।
यशराज फिल्म्सको ब्यानरमा बनेको यस फिल्मलाई मोहित सुरीले निर्देशन गरेका हुन्। प्रेमकथा फिल्मबाट चर्चामा आएका सुरीका ‘एक भिलेन रिटर्न ’, ‘आशिकी २’, ‘आवारापन’ र ‘एक भिलेन’ हिट फिल्म हुन्।
सामाजिक सञ्जालमा राम्रो फलोइङ भएका अहानको यो डेब्यु फिल्म हो। अनीतले काजोलसँग वेब सिरिज ‘बिग गल्र्स डोन्ट क्राइ’ र फिल्म ‘सलमा भेन्की’ मा देखिसकेकी छिन्। नयाँ भए पनि यी दुबै कलाकारहरूको अभिनयलाई दर्शक तथा समीक्षकबाट सकरात्मक प्रतिक्रिया पाइरहेको छ।
Shares

प्रतिक्रिया