गायिका देवी घर्तीको स्वरमा ‘तीज आइसक्यो राजै’ बोलको गीत सार्वजनिक भएको छ। लोकप्रिय गीतकार लिलु गुरूङले मौलिक तीज गीत सार्वजनिक गरेकी छन्।
लिलु गुरूङको शब्द तथा संगीत रहेको गीतमा देवी घर्तीको स्वर रहेको छ। गीतमा सुदीप सागरले संगीत संयोजन रहेको छ।
सार्वजनिक गीतको भिडिओमा प्रियंका कार्की र अभिनेता पुष्प खड्काको अभिनय तथा नृत्य छ। मौसम हिमालीले भिडिओलाई कोरियोग्राफी तथा निर्देशन गरेका हुन्।
तीजको उमंग, नारीको भावना र तीजको सांस्कृतिक पक्षलाई गीतले समेटेको छ। भिडिओमा नवराज उप्रेतीको छायांकन, मनोज कार्कीको सम्पादन छ।
पछिल्लो समय अमेरिकामा रहेकी लिलु गुरूङका ‘जहाँ तिमी त्यहाँ म’, ‘फूल जस्तै पवित्र’ लगायतका गीत निकै चर्चामा छन्। उनले पछिल्ला वर्ष निरन्तर तीज गीत ल्याउँदै आएकी छिन्।
33
Shares

प्रतिक्रिया