कला


सौगात र बेनिशा अभिनीत फिल्म ‘सिटामोल’ को मर्मस्पर्शी ट्रेलर सार्वजनिक

सौगात र बेनिशा अभिनीत फिल्म ‘सिटामोल’ को मर्मस्पर्शी ट्रेलर सार्वजनिक

नेपालखबर
साउन ७, २०८२ बुधबार १६:५४, काठमाडौँ

साउन २३ गतेबाट ‘सिटामोल’ को ट्रेलर सार्वजनिक गरिएको छ। सार्वजनिक ट्रेलरमा नेपाली समाजमा देखिने पारिवारिक झमेला, गरिबी, बेरोजगारी र सरकारी लापरवाहीलाई हास्य व्यङ्ग्यको रुपमा प्रस्तुत गरिएको छ।

ट्रेलरमा मुख्य पात्र सौगात मल्ल र बेनिशा हमाल यस फिल्ममा श्रीमानश्रीमतीको भूमिकामा छन्। उनीहरु गाउँले परिवेशमा देखिन्छन्, जहाँ मानिसले सामान्य समस्या समाधानका लागि पनि धेरै दुःख पाइरहेका देखिन्छ। पैसाले गर्दा उनीहरुको सम्बन्धमा आउने दरार वरिपरि ट्रेलर घुमेको छ।

राज बहादुर साने निर्देशित सौगात र बेनिशासहित श्री कृष्ण निरौला, जानुका विश्वकर्मा, लोकेन्द्र लेखक, भुगोल कार्की, हिउँवाला गौतम, सुशील पोखरेल, दिनेश रेग्मी, आरआर खड्का, ज्ञानु मल्ल, पवन भट्टराई, काजल भुजेल र बालकलाकार करण नेपाली, आराध्या राज्यलक्ष्मी डिसीको अभिनय छ।

तुल्सी देवी फिल्म प्रालीले जुनतारा फिल्मस्को सहकार्यमा निर्माण भएको सिनेमाको कथा प्रदीप भारद्धाज र निर्देशक सानेले लेखेका हुन्। सिमोस सुनुवारको प्रस्तुती रहेको सिनेमामा भुगोल कुमार कार्की र विकाश राज जोशी निर्माता तथा अप्सरा नेपाली, अजय मल्ल र कुमार केसी कार्यकारी निर्माता अनि गंगाराम श्रेष्ठ सह-निर्मातामा छन् ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad