कला


साउन १६ गते धरान रंगशालामा हुँदै ‘त्रिगुट म्युजिकल नाइट’

साउन १६ गते धरान रंगशालामा हुँदै ‘त्रिगुट म्युजिकल नाइट’

नेपालखबर
साउन ९, २०८२ शुक्रबार १६:३६, काठमाडौँ

साउन १६ गते धरान रंगशालामा भव्य सांगीतिक कार्यक्रम ‘त्रिगुट म्युजिकल नाइट’ आयोजना हुने भएको छ। कार्यक्रमको आयोजना हश क्रिएशन्स, दृश्यस् सि द अनसिन, र इफ्लिक्स इन्टरटेन्मेन्ट युकेले संयुक्त रूपमा गर्न लागेका हुन् ।

आयोजकहरूका अनुसार कार्यक्रममा चर्चित ब्यान्डहरू स्वर, रकहेड्स र द फिरन्तेले प्रस्तुति दिनेछन्। दिउँसो ३ बजेदेखि सुरु हुने कार्यक्रममा यी तीन ब्यान्डहरूले आफ्नो लोकप्रिय गीतहरू प्रस्तुत गरेर दर्शकहरूलाई झुमाउनेछन् ।  

कार्यक्रममा भ्वाइस अफ नेपालका लोकप्रिय गायकहरू सार्थक लामा र प्रमेश राई पनि मञ्चमा उत्रिनेछन्। साथै, धरानका चर्चित ब्यान्डहरू आस्था एण्ड द ब्रदर्स, द क्राइसिस, र दि एलाइज ब्यान्डको पनि उत्साहजनक प्रस्तुति रहनेछ। 

कार्यक्रमका आयोजक आकाश रावल भन्छन्, ‘त्रिगुट म्युजिकल नाइट अघिल्ला कन्सर्टहरूभन्दा धेरै फरक हुनेछ। भिआइपी, फ्यानपिट र जनरल जोन स्पष्ट रूपमा छुट्याइएको छ। साथै, सम्पूर्ण कार्यक्रम सुरक्षित र व्यवस्थित बनाउन आवश्यक सबै तयारी पूरा गरिएको छ।’ 

धरानको संगीत क्षेत्रमा निकै ठूलो अपेक्षा राखिएको यस कन्सर्टलाई लिएर स्थानीय मात्र होइन, आसपासका शहरहरूबाट पनि दर्शकहरूको उपस्थिति रहने अनुमान गरिएको छ। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad