नेपालको चर्चित तथा लोकप्रिय ब्याण्ड मंगोलियन हार्ट पहिलोपटक न्यूजिल्याण्ड टुरमा जाने भएको छ।
सन् १९९२ मा स्थापना भएको ब्याण्डले सन् २०२५ को विशेष टुर अन्तर्गत न्यूजिल्याण्डका तीन प्रमुख सहरहरू क्राइस्टचर्च, अकल्यान्ड र टाउरङ्गामा सांगीतिक प्रस्तुति दिने भएको हो।
न्यूजिल्यान्डमा पहिलोपटक टुर गर्न पाउँदा उत्साहित छ, ब्यान्ड। टुरलाई भव्य बनाउन गज्जब तयारी गरिरहेको बताउँछन्, ब्यान्डका म्यानेजर तथा गितारिस्ट बोबी लामा।
‘हामी नयाँ र पुराना दुवै गीतहरू प्रस्तुत गरेर दर्शकलाई पूर्ण मनोरञ्जन दिने तयारीमा छौं। दर्शकको मायाले नै आज हामीलाई अन्तर्राष्ट्रिय मञ्चसम्म ल्याएको हो,’ लामाले भने। 
मंगोलियन हार्टको ८ सदस्यीय टोली यही जुलाई २९ मा काठमाडौँबाट न्यूजिल्याण्डका लागि प्रस्थान गर्नेछ। टुरको आयोजना स्थानीय इभेन्ट कम्पनी ‘सम्बन्ध इभेन्ट्स’ मार्फत गरेको हो।
सांगीतिक यात्राका क्रममा ब्याण्डले आफ्ना चर्चित गीतहरूको प्रस्तुति दिनेछ भने नेपाली समुदायलाई एकै ठाउँमा ल्याई सांस्कृतिक उत्सवको रूप दिने लक्ष्य लिइएको छ।
ब्याण्डको टोली आगामी अगस्ट १५ मा नेपाल फर्किनेछ।
Shares

प्रतिक्रिया