कला


‘जनै हराएको मान्छे’को ‘मसुरीको दाना’ गीत सार्वजनिक

‘जनै हराएको मान्छे’को ‘मसुरीको दाना’ गीत सार्वजनिक

नेपालखबर
साउन ११, २०८२ आइतबार १२:४२, काठमाडौँ

फिल्म ‘जनै हराएको मान्छे: सम्बन्धका धागाहरू’मा समावेश ‘मसुरीको दाना’ बोलको सार्वजनिक भएको छ।

अञ्जु पन्त र एसडी योगीले गाएको गीतमा हर्क साउदको शब्द र एसडी योगीको संगीत छ।

गीनमा प्रेमजोडीको कथा देखाइएको छ। 

दुनियाको मन जित्ने व्यक्ति आफैँ भने कुनै टुंगो र थिति नहुने कुराबाट गीत सुरु हुन्छ। 

सुनील क्षेत्रीले कोरियोग्राफी गरेको गीतको भिडिओमा चलत्रिका अधिकांश मुख्य कलाकार फिचर्ड छन्।

जसमा विजय बराल, केकी अधिकारी, मिरुना मगर, गौरब पहाडीलगायत कलाकारलाई देख्न सकिन्छ ।

प्रेमीको हेराइले हुरुक्कै पार्ने गरेको प्रसंग उल्लेख गर्दै एकले अर्कोलाई जिन्दगी सँगै जिउन गरेको सल्लाह गीतमा छ।

भिडिओमा ठूलो संख्यामा कोरस प्रयोग गरिएको छ।

हिमाल न्यौपानेले निर्देशन गरेको चलचित्रमा विजय बराल, केकी अधिकारी, मिरुना मगर, गौरव पहाडी, सुशांक मैनाली, भोलाराज सापकोटा, रियर राई, भावना खपांगी मगर लगायतका कलाकारहरूको अभिनय रहेको छ ।

भानुभक्त ढकालको कथा, पटकथा र संवादमा तयार भएको यो चलचित्रलाई पेपरक्लिपको ब्यानरमा कमल न्यौपाने र विमल न्यौपानेले निर्माण गरेका हुन्। चलचित्रको एसोसिएट निर्देशमा मनीष राउत छन् ।

‘पूर्णबहादुरको सारंगी’  सफल भएपछि विजय बरालको मुख्य भूमिकामा आउन लागेको यो चलचित्रलाई यस वर्षको बहुप्रतिक्षित चलचित्रमध्ये एक मानिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad