फिल्म ‘शिवांश: च्याप्टर–१’को छायांकन सकिएको छ। जेठको पहिलो साता पोखराको लामाचौर स्थित अकला मन्दिरमा पूजा गरी सुरु भएको सुटिङ ३६ औं दिनमा सकिएको हो।
पोखरा आसपासमा फिल्मको सुटिङदेखि गीतसम्मको दृश्य खिचिएपछि पूणरुपमा छायांकन सम्पन्न भएको निर्माता अञ्जान केसीले बताए।
अञ्जान सिनेमा प्रोडक्सन हाउसको प्रस्तुति रहको यस चलचित्रको निर्देशक सन्तोष कुमार आत्रेय हुन्। उनको यो डेब्यु निर्देशकीय सिनेमा हो।
यस फिल्ममा प्रवीण खतिवडा, तेज गिरी र रुषा न्यौपाने मुख्य भूमिकामा छन्। यस्तै, चलचित्रमा विकास जोशी, विमला लिम्बू, प्रदीप कुमार चौधरी, सबिर चुरौटे, उदय कुमार सुब्बा, टिका निरौलालगायत कलाकारको पनि अभिनय रहेको छ।
चलचित्रको कथा निर्माता अञ्जान केसी स्वयंले लेखेका हुन्। पटकथा भने बारत लिम्बूको छ। सिनेमामा स्क्रिप्ट डक्टरको काम सुलक्षण भारतीले गरेका छन् ।
चलचित्रको सह–निर्मातामा शोभा भण्डारी र अनिस केसी बोगटी हुन्। सिनेमाका कार्यकारी निर्माता सम्भु थापा हुन् ।
Shares

प्रतिक्रिया