अस्कर कलेजको ‘साधना घर’ प्रेक्षालयमा नाटक ‘दोरुम्बा’ मञ्चन हुने भएको छ। साउन १५ गतेदेखि सुरु हुने नाटक साउन २४ गतेसम्म देखाइनेछ।
यस नाटकले माओवादी द्वन्द्वकालमा राज्यपक्ष र विद्रोही पक्षको बिचमा पिसोलिएका जनताको कथा पेश गर्नेछ। नाटकलाई सुमनकुमार वाग्लेले लेखेका हुन्।
कलेजका विभिन्न ब्याचका विशेषत: अभिनय विशिष्टीकरणका विद्यार्थीहरूको संलग्नता रहेको नाटकलाई १६औँ ब्याचका विद्यार्थी युदीप सिटौलाले निर्देशन गर्नेछन्। साउन १५ देखि हरेक दिन साँझ ५:१५ बजे मञ्चन हुनेछ भने शनिबारका दिन भने १:१५ बजेको अतिरिक्त शो समेत हुनेछ।
दुई दशकदेखि सिनेमा अध्यापन गराउँदै अस्कर कलेजको साधना-घरमा यसअघि आधा दर्जनभन्दा बढि नाटकहरू मञ्चन भईसकेका छन्।
27
Shares

प्रतिक्रिया