चर्चित पप गायक अनिल सिंह र संगीत उत्पादन तथा वितरण कम्पनी म्युजिक डटकमबीच सहमति जुटेको छ। मंगलबार दुवैबीच गीतको विषयमा लिखित सहमति भएको हो।
सहमतिअनुसार सिंहका दुई एल्बम ‘मेगाहर्ज’ र ‘लिमिटेड एडिसन’ मा संग्रहित गीतको अडिओको अधिकार सिंहकै हुनेछ। यी गीतको भिजुअल (भिडिओ) राइट भने म्युजिक डटकमको हुनेछ। २३ वर्षअघि म्युजिक डटकमले यी दुई एल्बमको राइट किनेको थियो।
केही दिनअघि म्युजिक डटकमले सिंहलाई उनका २२ गीतलाई डिजिटलरुपमा फिर्ता गरिसकेको छ। मंगलबार लामो छलफलपछि सहमति जुटेको म्युजिक डटमका प्रमुख राजेश वंशल बताउँछन्।
‘हिजो दुवै पक्षबीच भएको हो। हामीले सधैँ सष्ट्रा र सर्जकको सम्मान गरिरहेकै हुन्छौँ। यो विषयलाई हिजो सहमति गरेर टुंगो लगाएको हौँ। उहाँलाई अडिओ राइट दिएका छौँ। अफिसियल अडिओ भ्जुअल राइट भने हामीसँगै छ,’ उनले भने।
उनका अनुसार नेपाल संगीत उद्योग संघ र प्रस्तोता समाजको रोहवरमा सहमति जुटेको हो। यद्यपि, अनिलले सार्वजनिक गरेको भिडिओ सातवर्षअघिको पुरानो भएको वंशलको दाबी छ।
केही दिनअघि म्युजिक नेपाल र म्युजिक डटकमप्रति आक्रोशित हुँदै अनिलले सामाजिक संजालमा एक भिडिओ हालेका थिए। जसमा उनले दुवैले आफूलाई आत्महत्या गर्ने वातावरण सिर्जना गरिरहेको उल्लेख गरेका थिए।
Shares

प्रतिक्रिया