कला


हास्यकलाकार पाँडेको निर्देशनमा डेब्यु, ‘झरीपछिको इन्द्रेणी’ को छायांकन सुरु

हास्यकलाकार पाँडेको निर्देशनमा डेब्यु,  ‘झरीपछिको इन्द्रेणी’ को छायांकन सुरु

नेपालखबर
साउन १५, २०८२ बिहिबार १२:४५, काठमाडौँ

हास्यकलाकार अर्जुन घिमिरे (पाँडे) को डेब्यु निर्देशन रहेको फिल्म ‘झरीपछिको इन्द्रेणी’ को छायांकन सुरु गरिएको छ। ललितपुरस्थित धन्तेरी बाराही मन्दिरमा शुभमुहूर्तसँगै सुटिङ सुरु गरिएको हो।

अर्जुनले चर्चित टेलिभिजन सिरियल ‘सक्किगोनि’ निर्माण तथा निर्देशन गरेका थिए। गतवर्ष उनीहरूको टिम फिल्म निर्माणमा आएको हो।

गत फागुन १३ गते जेपिटी क्रियसनले निर्माण गरेको ‘लाज शरणम्’ प्रदर्शनमा आएको थियो। जसमा अर्जुन मुख्य भूमिकामा देखिएका थिए।

‘झरीपछिको इन्द्रेणी’मा सक्किगोनि टिमबाट प्रियाना आचार्य (मुन्नी) लाई मात्र समावेश गरिएको छ। अन्य कलाकार पनि कथाले मागेको खण्डमा भित्रिन सक्ने निर्देशक पाँडेले बताए।

यसै फिल्मबाट करिब ९ वर्षपछि कलाकार गणेश उप्रेतीले नेपाली रजतपटमा कमब्याक गर्दैछन्। एउटा राम्रो टिमबाट कमब्याक गर्न पाउँदा आफु निकै उत्साहित रहेको उनले बताए।

गणेश र प्रियानासहित निर्मल शर्मा, रमेश उप्रेती, दीपाश्री निरौलालगायतका कलाकारको अभिनय रहने छ। सिनेमामा पाँडेको अभिनय रहने कि नरहने भन्ने खुलाइएको छैन्।

शुभमुहूर्तसँगै आजैबाट छायांकन सुरु गरिएको सिनेमा काठमाडौँ, ललितपुर र भक्तपुरमा खिचिनेछ। पारिवारिक कथावस्तुमा निर्माण हुने फिल्मको छायांकन सेड्युल ४५ दिनको रखिएको छ।

रास्वापा नेता गणेश कार्कीको समेत गीत रचना रहने सिनेमाको एउटा गीतमा काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहको र्याप रहनेछ। शुभमुहूर्तमा बालेन पत्नी सविना काफ्ले उपस्थित भएर सफलताको शुभकामना समेत दिएकी थिइन्।

पशुपति शिवजी इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण हुने फिल्ममा बुद्ध थापाको छायांकन र सुशील कडरियाको लगानी छ। कुमार व्यञ्जनकार (कुमार बेन)को कथा रहेको फिल्मको पटकथाल अर्जुनसहित विशाल घिमिरेले लेखेका हुन्।

 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad