कला


दाजुबहिनीको माया समेट्दै फिल्म ‘अभिमन्यु’ को ‘माली’ गीत सार्वजनिक

दाजुबहिनीको माया समेट्दै फिल्म ‘अभिमन्यु’ को ‘माली’  गीत सार्वजनिक

नेपालखबर
साउन २०, २०८२ मंगलबार १२:२३, काठमाडौँ

फिल्म ‘अभिमन्यु : च्याप्टर-१’को ‘माली’ बोलको गीत सार्वजनिक भएको छ। सार्वजनिक गीतमा प्रशान्त शिवाकोटीको शब्द, संगीत तथा स्वर सुन्न सकिन्छ। विषम आचार्यको संगीत संयोजन रहेको छ।

प्रशान्त तिनै संगीतकर्मी हुन्, जसले चलचित्र ‘पूर्ण बहादुरको सारङ्गी’का अधिकांश गीत गाएका थिए।

‘माली’मा दाजु र बहिनीबीचको निश्चल सम्बन्ध र जिम्मेवारीको कथा समेटिएको छ। दाजुले बहिनीलाई गर्ने मायालाई गीतमा उतार्ने प्रयास गरिएको छ। बहिनीको हाँसोमा खुसी र त्यसैमा संसार देख्ने जिम्मेवार दाजुको कथा छ। 

रक्षाबन्धनलाई मध्यनजर गरेर गीत ल्याइएको निर्माणपक्षले जनाएको छ। गीत सार्वजनिक गर्दै निर्माणपक्षले भिडियो प्रतिस्पर्धाको पनि घोषणा गरेको छ।

‘हामीले यो गीतमा दाजुभाइ दिदीबहिनीले रक्षाबन्धनको राखी बाँधेको भिडियो बनाएर सेयर गर्नुहुन अनुरोध गर्छौं। उत्कृष्ट ३ भिडिओलाई क्रमशः ५० हजार, ३० हजार र १५ हजार रकमको पुरस्कार राखेको छौँ,’निर्माणटिमले उल्लेख गरेको छ। 

हिन्दी भर्सन असोज ६ अर्थात् (सेप्टेम्बर २२) मा रिलिज हुने निर्माण पक्षले जनाएको छ । हिन्दी भर्सन पनि वल्र्डवाइड रिलिज हुने निर्माता विनोद पौडेलले जानकारी दिए।

पोस्टप्रोडक्सनमा रहेको चलचित्र ‘अभिमन्यु : च्याप्टर-१’ भदौ २७ गते रिलिज हुँदैछ। यस फिल्मको मुख्य भूमिकामा कामेश्वर चौरासिया, सरिता गिरी, गौमाया गुरुङ, लक्ष्मी बर्देबा, शिशिर वाङ्देल, किरण श्रेष्ठ, प्रकाश दाहाल, सुष्मा निरौला छन्।

सेभेन सिज सिनेमाको प्रस्तुति निर्माण भएको सिनेमा ‘अभिमन्यु : च्याप्टर-१’लाई सुशान्त गौतमले निर्देशन गरेका हुन्। यो उनको डेब्यु निर्देशन हो। मुकेश खनालको लेखन रहेको चलचित्रको क्रिएटिभ निर्देशक मदन थापा हुन् ।

जीवन शाक्य लाइन प्रोड्युसर रहेको फिल्मको निर्माता विनोद पौडेल र गुञ्जन गिरी हुन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad