बलिउड अभिनेत्री दीपिका पादुकोण पछिल्लो समय चर्चामा छिन्। हालै दीपिका हलिउडको ‘वाक अफ फेम’ सम्मान प्राप्त गर्ने पहिलो भारतीय कलाकार बनिन्।
यसैबीच, दुई दशकदेखि सक्रिय दीपिकाले अर्को कीर्तिमान रचेकी छिन्। दीपिकाको एक इन्स्टाग्राम रिल्सलाई १ अर्ब ९० करोड पटक हेरिएको छ। जुन विश्व कीर्तिमान हो।
यसअघि क्रिकेटर हार्दिक पाण्ड्याको रिल्सलाई १.६ बिलियन भ्यूज र फुटबल खेलाडी क्रिस्टियानो रोनाल्डाको रिल्समा ५०३ मिलियन भ्यूज आएको थियो। दीपिकाले यी दुबैको रिल्सको कीर्तिमानलाई समेत उछिनेकी छिन्।
दीपिकाले बनाएको रिल हिल्टन होटलमा बनाइएको हो। जुन रिल्स निर्माणमा हिल्टन होटल र दीपिकाले पेड पार्टनिरसिप गरेका हुन्। दीपिकालाई इन्स्टाग्राममा ८ करोड मात्रै फलोअर्स छन्।
2.7k
Shares

प्रतिक्रिया