कला


नेपाली फिल्म ‘सुखदुःख’ खेल्दै बलिउड अभिनेता दीपराज राणा

नेपाली फिल्म ‘सुखदुःख’ खेल्दै बलिउड अभिनेता दीपराज राणा

नेपालखबर
साउन २३, २०८२ शुक्रबार ११:२७, काठमाडौँ

बलिउड अभिनेता दीपराज राणाले पनि नेपाली फिल्म ‘सुखदुःख’मा अभिनयन गर्ने भएका छन्। 

उनलाई फिल्मका लागि अभिनेत्री तथा निर्मात्री नीता ढुंगानाको टिमले अनुबन्ध गरेको हो।

सन् २००२ मा भारतीय फिल्म ‘साथिया’मा सहायक अभिनेताका रूपमा डेब्यु गरेका उनले सिंघम रिटर्न्स, प्रेम रतन धन पायो, दबंङ ३लगायत फिल्म खेलिसकेका छन्। 

पछिल्लो समय मेट्रो इन डिनो, बिल्ली उस्ताद, सितारे जमीन परजस्ता फिल्ममा अभिनय गरेका उनले यसअघि नेपाली फिल्म ‘कोहिनूर’मा अभिनय गरिसकेका छन्।

श्रीकृष्ण श्रेष्ठको उक्त फिल्ममा अभिनय गरेको लामो समयपछि उनी पुनः नेपाली फिल्ममा देखिन लागेका हुन्।

नीताको निर्देशनमा बन्ने फिल्मको कथा मन परेका कारण आफू यस फिल्ममा काम गर्न इच्छुक भएको उनले बताएका छन्। 

उनको भूमिकाबारे निर्माण पक्षले खुलाइसकेको छैन। 

आगामी फागुनदेखि छायांकन थाल्ने तयारी रहेको फिल्मका लागि निर्माण टिमले हालै विपना थापालाई भित्र्याइसकेको छ।

यसअघि मिथिला शर्मा र मदनकृष्ण श्रेष्ठ अनुबन्ध भइसकेका छन्। अन्य कलाकारबारे भने निर्माण टिमले जानकारी गराइसकेको छैन।

फिल्म छायांकनका लागि चर्चित भारतीय छायाकार कवीरलाल र शाहिदलाललाई अनुबन्ध गरिएको छ।

नीता फिल्म्सको ब्यानरमा बन्ने यो फिल्म आउने दसैँको फूलपातीदेखि प्रदर्शन गर्ने तयारी छ। 

फिल्मको वितरण अधिकार उपत्यकाबाहिर एफडी कम्पनीले लिएको छ भने उपत्यकाभित्र रिच इन्टरटेनमेन्टले वितरण गर्नेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad