पछिल्ला केही दिनदेखि भारतीय अभिनेता धनुष र अभिनेत्री मृणाल ठाकुरको प्रेमको चर्चा चलिरहेको छ।
मृणाल अभिनीत फिल्म ‘सन अफ सरदार २’ को स्क्रिनिङमा धनुष देखिएयता दुई जनाबीच अफेयर चलेको हल्ला भएको हो।
यो विषय सञ्चारमाध्यममा हेडलाइन बन्न थालेपछि मृणालले धनुषसँगको सम्बन्धबारे स्पष्टीकरण दिएकी छन्।
मृणाल ठाकुरले हालैको अन्तर्वार्तामा धनुष आफ्नो असल साथी मात्रै रहेको बताएकी हुन्।
‘धनुष मेरा असल साथी मात्र हुन्। मलाई थाहा छ- हामी सँगै भएका विषयमा धेरै प्रकारका कुरा फैलिरहेका छन्। ...मलाई एकदमै रमाइलो लाग्यो’, उनले भनिन्।
धनुष ‘सन अफ सरदार २’ को स्क्रिनिङमा उपस्थित भएपछि डेटिङको हल्ला सुरु भएको थियो।
धनुष अजय देवगनको निम्तोमा स्क्रिनिङमा आएको उल्लेख गर्दै मृणालले यसलाई गलत नबुझ्न आग्रह गरेकी छन्।
धनुषले सन् २००४ मा रजनीकान्तकी छोरी ऐश्वर्या रजनीकान्तसँग विवाह गरेका थिए। उनीहरूका दुई छोरा पनि छन्। तर सन् २०२२ मा उनीहरूले सम्बन्ध विच्छेद घोषणा गरे र सन् २०२४ देखि आधिकारिक रूपमा छुट्टिए।
धनुष चाँडै साउथ फिल्म ‘इडली कडाइ’ र हिन्दी फिल्म ‘तेरे इश्क’ मा देखिँदै छन्।
मृणालले जवानी तो इश्क होना है, तुम हो तो र पूजा मेरी जानजस्ता फिल्म खेलेकी छन्।
Shares

प्रतिक्रिया