कला


हलमा लागे बहुप्रतिक्षित भारतीय फिल्म ‘वार २’ र ‘कुली’

हलमा लागे बहुप्रतिक्षित भारतीय फिल्म  ‘वार २’ र  ‘कुली’

नेपालखबर
साउन २९, २०८२ बिहिबार ११:५०, काठमाडौँ

आज नेपाली सिनेमाहलमा दुई बहुप्रतिक्षित भारतीय फिल्महरू रिलिज भएका छन्। बलिउड फिल्म ‘वार २’ र तमिल फिल्म ‘कुली’ हलमा लागेका हुन्।

पहिलो दिनका लागि ‘वार २’ ले २३९ शो पाएको छ भने ‘कुली’ ले १८५ शो पाएको छ। तर, भारतमा भने ‘वार २’ को भन्दा ‘कुली’ को क्रेज बढी देखिन्छ।

भारतीय फिल्मले जम्मा ४२४ शो पाउँदा हलमा प्रदर्शनरत नेपाली फिल्म ‘मोहर’ र ‘सिटामोल’ लाई भने असर परेको छ। किनकी बिहिबारका लागि ‘मोहर’ ले १३१ शो पाउँदा ‘सिटामोल’ को शोमा गिरावट आएर ३९ शोमा खुम्चिएको छ।

एक्सन फिल्म ‘वार २’ मा ऋतिक रोशन, जुनियर एनटीआर, कियारा आडवाणी मुख्य भूमिकामा छन्। यो फिल्म सन् २०१९ को एक्शन थ्रिलर वार’ को सिक्वेल छ। अयान मुखर्जीको निर्देशित यस फिल्मबाट जुनियर एनटीआरले हिन्दी फिल्म उद्योगमा डेब्यु गरेका हुन्।

लोकेश कनागराजद्वारा निर्देशित ‘कुली’ ले पहिलो दिनको विश्वव्यापी अग्रिम बुकिङ बिक्रीको हिसाबले लगभग ७५ करोड रुपैयाँ कमाइ गरिसकेको छ। तमिल फिल्म भाषाको यस फिल्ममा रजनीकान्त र आमिर खान मुख्य भूमिकामा छन्।

 

 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad