फिल्म ‘आ बाट आमा’ चर्चित स्टोरीटेलर साइग्रेस पोखरेल अनुबन्धित भएका छन्। निर्माण टिमले पोखरेललाई फिल्ममा अनुबन्ध गर्दै फिल्मको लाइनअप पूरा गरेको हो।
चर्चित स्टोरीटेलर साइग्रेस मोडल तथा कन्टेन्ट क्रिएटर हुन्। उनका भनाईहरु सामाजिक सञ्जाल तथा टिकटकमा रुचाइएका छन्।
आर्या इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण हुने फिल्ममा चन्द्र पन्तको निर्देशन,कथा तथा पटकथा छ। फिल्मको छायांकन भदौ १२ गतेबाट सुरू हुँदैछ।
यस फिल्ममा साइग्रेससहित उषा उप्रेती, पल शाह, विपना थापा,दक्षिण भारतीय फिल्मका चर्चित अभिनेता प्रदीप रावत लगायतको अभिनय रहने छ।
कृष्ण प्रसाद सुवेदीले निर्माण गर्न लागेको यस फिल्ममा ध्रुब न्यौपाने र प्रकाश कुँवरले पनि निर्माणमा साथ दिएका छन्। यसको कार्यकारी निर्मातामा करण सिंह हुन् भने सह निर्मातामा छितिज ढुङ्गाना रहेका छन्।
अस्ट्रेलिया र न्युजिल्याण्ड प्रदर्शन अधिकार विक्री भएको हो। हिमारु इन्टरटेन्मेन्ट प्रा.लि.ले दुबै देशका अधिकार खरिद गरेको निर्माण पक्षले जनाएको छ। यो फिल्म आगामी वर्षको फागुन १५ गतेदेखि देशव्यापी रूपमा प्रदर्शनमा आउनेछ।
Shares

प्रतिक्रिया