कला


बल्छी धुर्बेको फिल्म ‘गोबर गणेश’ को शुभमुहूर्तसँगै छायांकन सुरु

बल्छी धुर्बेको फिल्म  ‘गोबर गणेश’ को शुभमुहूर्तसँगै छायांकन सुरु

नेपालखबर
भदौ ३, २०८२ मंगलबार १२:३८, काठमाडौँ

मरिचमान श्रेष्ठ (बल्छी धुर्बे) को डेब्यु निर्देशन रहेको फिल्म ‘गोबर गणेश’ को शुभमुहूर्त गरिएको छ। काठमाडौंको म्हेपी मन्दिर परिसरमा आज शुभमुहूर्त गर्दै फिल्मको सुटिङ सुरू गरिएको हो।

शुभमुहूर्तमा निर्देशक श्रेष्ठसहित फिल्ममा अधिकांश कलाकारको उपस्थिति रहेको थियो। केदार घिमिरे(माग्ने बुढा) ले क्यामेरा पूजा गरेर नरिवल फोट्दै सट दिए। कलाकार रवि गिरीले क्लाप गरे।

काठमाडौँबाट सुरु भएको चलचित्रको छयांकन पोखरालगायतका स्थानमा हुनेछ। करिब ३५ दिनको छायांकन सेड्युल रहेको निर्देशक श्रेष्ठले जानकारी दिए।

‘आजबाट हामीले चलचित्रको छायांकन सुरु गरेका छौँ। हाम्रो कला र शिपले भ्याए र जानेसम्म राम्रो काम गर्ने प्रयास गर्नेछौँ। हामीलाई सानो पर्दामा जसरी दर्शकले साथ र माया दिनुभयो। त्यस्तै माया र साथ ठूलो पर्दाका दर्शकले पनि गरिदिनु हुनेछ भन्ने हाम्रो विश्वास छ,’ उनले भने।

उनको यो पहिलो फिचर फिल्म निर्देशन हो। ‘मेरी बास्सै’बाट दर्शकमाझ लोकप्रिय बनेका उनी आफैँ टेलिचलचित्र निर्देशनमा आएका थिए। उनले बनाएका टेलिश्रृंखला ‘हल्का रमाइलो’ र ‘जुठे’ दर्शकमाझ लोकप्रिय छन्।

बल्छी धुर्बे फिल्मस्को प्रस्तुतिमा निर्माण हुन लागेको यो फिल्म आगामी माघ १ गते रिलिज हुनेछ। यस फिल्ममा मरिचमानसहित वर्षा सिवाकोटी, विनोद न्यौपाने, पदम तामाङ, विल्सन विक्रम राई, निर्मल शर्मा, लक्ष्मीनाथ तिमलसेना, राजु याक्छा, रामप्रसाद खनाल, सन्तोष बानिया, सन्दीप लामा, माओत्से गुरुङ, सीतादेवी तिमल्सिना र पुजन घिमिरे (पुकु)लगायतको अभिनय छ।

तारानाथ न्यौपाने चिफ एडी रहेको चलचित्रमा योगेश काजी शाहको बीजीएम, शंकर पाण्डेको प्रोडक्सन, शिवराम श्रेष्ठको डीओपी र विपीन मल्लको सम्पादन रहनेछ।

टौवा स्टुडियोको पब्लिसिटी डिजाइन रहने चलचित्रको डिजिटल पार्टनरमा ओएसआर डिजिटल रहेको छ। नेपालमा यो चलचित्रको वितरण श्री ब्याकटेस इन्टरटेनमेन्टले गर्नेछ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad