राजनीति


संवैधानिक परिषद्‍मा प्रधानमन्त्रीलाई अफ्ठ्यारो परेपछि गरियो उपसभामुख हटाउने तयारी

संवैधानिक परिषद्‍मा प्रधानमन्त्रीलाई अफ्ठ्यारो परेपछि गरियो उपसभामुख हटाउने तयारी

फाइल तस्बिर


नेपालखबर
भदौ ३, २०८२ मंगलबार १२:३३, काठमाडौँ

उपसभामुख इन्दिरा रानाविरुद्ध पदअनुकूल आचरण नगरेको आरोपमा प्रस्ताव दर्ता गर्न सत्ता गठबन्धनका प्रमुख दुई दल नेपाली कांग्रेस र नेकपा एमाले गृहकार्यमा जुटेका छन्।

दुवै दलले सांसदहरूका हस्ताक्षर संकलन गरिरहेका छन्।

संवैधानिक परिषद्मा प्रधानमन्त्रीलाई बहुमत पुर्‍याउन कठिन भएपछि सत्ता गठबन्धनले यो कदम चालेको देखिन्छ।

संवैधानिक परिषद्मा अहिले प्रधानमन्त्री केपी शर्मा ओलीका लागि सभामुख देवराज घिमिरे मात्र अनुकूल देखिएका छन्। उपसभामुख इन्दिरा घिमिरे राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पृष्ठभूमिकी, राष्ट्रिय सभा अध्यक्ष नारायण दाहाल माओवादी पृष्ठभूमिका र विपक्षी दलका नेता पुष्पकमल दाहाल प्रचण्ड स्वयं माओवादी अध्यक्ष भएकाले ओलीका लागि अनुकूल परिस्थिति छैन।

प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतलाई तटस्थ मान्ने हो भने ओलीको विपक्षमा बहुमत पुग्ने जोखिम छ। 

प्रमुख निर्वाचन आयुक्तसहित केही संवैधानिक पदहरू रिक्त छन्।

संसदका दुवै सदनबाट पारित भएको संवैधानिक परिषद्सम्बन्धी विधेयक राष्ट्रपतिले संसदमै फर्काइदिएका छन्।

संवैधानिक परिषद् चार वर्षदेखि कानुनी शून्यतामा छ। 

यसबीचमा केही प्रधानन्यायाधीश र संवैधानिक आयोगका पदाधिकारीको नियुक्ति सर्वसम्मतिले गरिएको छ।

राष्ट्रपतिले फर्काएको विधेयकमा बहुमतका आधारमा निर्णय गर्न सकिने व्यवस्था छ।

सदनबाट विधेयक पुनः शीतलनिवास पठाए पनि प्रधानमन्त्रीलाई निर्णय गर्न अफ्ठ्यारो हुने भएपछि उपसभामुख हटाउने निष्कर्षमा सत्ता गठबन्धन पुगेको नेपाली कांग्रेसका एक पदाधिकारीले नेपालखबरसँग बताए।

‘संवैधानिक परिषद्बाट निर्णय गर्नै नसकिने भयो,’ ती पदाधिकारीले भने, ‘लामो समय रिक्तता र अनिर्णयमा राखिरहनु उचित हुँदैन। राज्य कहिल्यै पनि विकल्पविहीन बस्नुहुँदैन। त्यसैले अनुकूल परिस्थिति निर्माण गर्न कुनै कदम चाल्नैपर्ने भयो।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad