कला


हलमा कस्तो चल्दैछन् एकसाथ रिलिज भएका तीन नेपाली फिल्म ?

हलमा कस्तो चल्दैछन् एकसाथ रिलिज भएका तीन नेपाली फिल्म ?

नेपालखबर
भदौ ८, २०८२ आइतबार १३:१४, काठमाडौँ

गत शुक्रबारदेखि तीन नेपाल फिल्महरु ‘जनै हराएको मान्छे: सम्बन्धका धागाहरू’,  ‘माग्ने राजा’ र ‘ताराहरू’ रिलिज भए। जसमध्ये केदार घिमिरेको मुख्य भूमिका रहेको फिल्म ‘माग्ने राजा’ को कमाइ राम्रो छ।

शुक्रबार औसत व्यापार गरेको ‘माग्ने राजा’ मा शनिबार भने दर्शकहरुको साथ पाएको छ। शनिबार प्राप्त शोमध्ये धेरैमा राम्रो अकुपेन्ची देखियो।

प्रिमियर शोमा उत्कृष्ट प्रतिक्रिया पाएको ‘जनै हराएको मान्छे’ को भने व्यापार औसत छ। पहिलो दिन देशभर २५ प्रतिशत अकुपेन्ची देखिएको थियो। शनिबार भने ४५ प्रतिशत अकुपेन्ची छ।

तर, यस फिल्मको माउथ पब्लिसिटी राम्रो आइरहेको छ। फिल्म हेरेर रुनेहरूको भिडिओ सामाजिक सञ्जालमा छाइरहेका छन्। जसकारण आगामी दिनमा फिल्मले राम्रो व्यापार गर्ने अपेक्षा छ। हिमाल न्यौपाने निर्देशित ‘जनै हराएको मान्छे: सम्बन्धका धागाहरू’ ले कोरिया जान संघर्षरत एक युवाको कथा भन्छ। यस फिल्ममा विजय बराल मुख्य भूमिकामा छन्।

पहिलोदिनबाट नै दुई फिल्महरूको चेपुवामा परेको ‘ताराहरू’ को व्यापार दयनीय छ। शुक्रबार र शनिबार यस फिल्मले प्राप्त शोमा पनि दर्शक तान्न सकेन। जसकारण केही हलहरुले आजबाट शोहरु हटाइसकेका छन्। आशान्त शर्माको निर्देशन र लेखन रहेको यस फिल्ममा शर्मासँगै मेनुका प्रधान, कुन्दुन शाक्य, मीरा खड्का, प्रभाकर न्यौपाने, आभाष अधिकारी, राज पङ्गेनी शर्मा, प्रमोद बाबु, विकास खनाललगायतको अभिनय रहेको छ। 

शनिबार ‘माग्ने राजा’ का निर्देशक ऋषि लामिछानेसहित मुख्य कलाकार केदार घिमिरे, वर्षा शिवाकोटी उपत्यकाका विभिन्न हलहरू पुगेका थिए। अधिकांश दर्शकले कलाकारसँग तस्बिर खिँच्दै फिल्म राम्रो बनेको प्रतिक्रिया दिए।

फिल्मका वितरक रोहित कट्टेलका अनुसार शनिबार ‘माग्ने राजा’ ले राम्रो दर्शक पाएको छ। सधैं दर्शक पाउने पहिलो श्रेणीका हलमा मात्र नभई चाडबाडमा मात्र व्यापार गर्ने हलमा पनि हाउसफुलको व्यापार गरेको उनको दाबी छ। तीजको मुख्य बिदा बाँकी नै रहेकाले फिल्मले आगामी दिनमा फिल्मको व्यापार बढ्दै जाने उनको विश्वास छ।

मुनाल घिमिरेको निर्माता रहेको यस फिल्ममा केदार पहिलोपटक मुख्य भूमिकामा देखिएका हुन्। ऋषि लामिछानेले निर्देशित यस फिल्मको  कथा सामीप्यराज तिमल्सेनाको लेखेका हुन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad