बलिउड अभिनेत्री परिणिती चोपडा आमा बन्ने भएकी छिन्। झण्डै दुइ वर्षअघि नेता राघव चड्ढासँग बिहे गरेकी उनी पहिलो सन्तानको पर्खाइमा छिन्।
परिणितीसहित उनका श्रीमान राघवले इन्स्टाग्राममार्फत यसबारेमा जानकारी दिएका छन्। सार्वजनिक एक तस्बिरमा बच्चाको खुट्टालाई चित्रण गरिएको छ। र, १+१:३ लेखिएको छ।
‘हाम्रो सानो संसार अब आउँदैछ, नाप्न सकिनेभन्दा धेरै परको अनुग्रह,’ क्याप्सनमा लेखिएको छ।
जुन पोस्ट देखेसँगै कलाकार तथा शुभचिन्तकले उनीहरूलाई बधाई दिइरहेका छन्। सोनम कपूर, नेहा धुपिया, रकुल प्रीत, भूमि पेडनेकर जस्ता सेलिब्रेटीले पोस्टमा उनीहरूलाई बधाई दिएका हुन्।
२४ सेप्टेम्बर सन् २०२३ परिणितीको आम आदमी पार्टीका राज्यसभा सांसद राघव चड्डासँग बिहे भएको थियो।
261
Shares

प्रतिक्रिया