अमेरिकाको मिल्वाकी सहरमा आउँदो सेप्टेम्बर ६ तारिखमा ‘सोलफुल यूएसए यात्रा’ का क्रममा सांगीतिक कार्यक्रम हुने भएको छ।
गौरा समाज विस्कन्सिनका सदस्य डिल्ली राज फुलाराका अनुसार कार्यक्रममा चर्चित गायक तथा संगीतकार एड्रियन प्रधान, महेश काफ्ले र अस्मिता अधिकारीको सांगीतिक प्रस्तुति रहने छ।
एड्रियन प्रधानका छुँदैन, हिँड्दा हिँड्दै, बिर्सेर मलाई, सारा खुसी, नसम्झ लगायत शीर्षकका गितहरू लोकप्रिय छन् भने महेश काफ्लेका माया बिरानी, नाच फिरिरी, तातो गोली तथा अस्मिता अधिकारीका तिमी मेरो हौ, राधा कृष्ण, मायाको फेरि, किन पाए, पवित्र माया र फेरियो थर मेरो लगायतका गीतहरू लोकप्रिय छन्।
उक्त कार्यक्रम साँझ ४ बजेदेखि ९ बजेसम्म मिलवाकी स्थित मिलवाकी स्टिट क्राउन प्लाजामा आयोजना हुनेछ। यो विशेष कार्यक्रममा ओनेष्ट रियल स्टेटले प्रायोजन गरेको छ भने जुनो बैंकिङ्ग बियोण्ड बोर्डर्स टुर स्पन्सरको रूपमा रहनेछ। कार्यक्रममा व्यवस्थापनको जिम्मेवारी थ्रि ई इन्टरटेनमेन्ट तथा गौरा समाज विस्कान्सिनले लिएको छ।
आयोजकहरूले कार्यक्रमलाई सफल पार्न स्थानीय समुदायसँग सहकार्य गरिरहेको र स्पन्सर तथा थप जानकारीका लागि बासुदेव जोशी (मिलवाकी), हरि बी अधिकारी (एप्पलटन), लोकराज भट्ट (ग्रिन बे) र गोविन्द फुलारा (मिल्वाकी) लाई सम्पर्क गर्न सकिने सकिने गौरा समाजका सदस्य नरेन्द्र रेग्मीले बताए ।
यस किसिमका सांगीतिक कार्यक्रमहरू अमेरिकामा रहेका नेपाली समुदायका लागि केवल मनोरञ्जन मात्र नभई संस्कृति, परम्परा र आपसी सम्बन्धलाई जोगाउने माध्यम पनि मानिन्छ।
विशेष गरी तीज जस्ता चाडपर्व विदेशमा बसोबास गर्ने नेपाली महिलाहरूका लागि आत्मीयता र आपसी भेटघाटको अवसर बनाउने गर्छ।
यसरी आयोजित सांगीतिक कार्यक्रमहरूले नयाँ पुस्तालाई नेपाली गीत–संगीत र संस्कृतिसँग जोड्ने मात्र नभई परदेशमा नेपालीपन जगेर्ना गर्ने उद्देश्य बोकेको आयोजकहरूको भनाइ छ।
Shares

प्रतिक्रिया