कला


खुल्यो भोलिबाट रिलिज हुने फिल्म ‘गुन्यु चोलो :द ड्रेस’ को बुकिङ

खुल्यो भोलिबाट रिलिज हुने फिल्म ‘गुन्यु चोलो :द ड्रेस’ को बुकिङ

नेपालखबर
भदौ १२, २०८२ बिहिबार १३:८, काठमाडौँ

शुक्रबारदेखि प्रदर्शन हुने फिल्म ‘गुन्यु चोलो :द ड्रेस’ को बुकिङ खुला भएको छ। हलहरूले सिनेमाको शो निकाल्दै प्रि-बुकिङ ओपन गरेका हुन् ।

‘जनै हराएको मान्छे’, ‘माग्ने राजा’, ‘कोशेढुंगा’ लगायत चलचित्र हलमा हुँदा यस फिल्मले सन्तोषजनक शो पाएको छ। 

देशकै ठूलो मल्टिप्लेक्स चेन क्यूएफएक्सले काठमाडौँमा मात्रै पहिलो दिन शुक्रबारलाई १४ शो छुट्टयाएको छ। 

समुन्द्र भट्टको निर्देशन रहेको यो फिल्म ‘गुन्यु चोलो : द ड्रेस’ लैंगिक अल्पसंख्यक पारालैंगिक पात्रको कथामा बनेको छ। नाजिर हुसेनको मुख्य भूमिका छ। उनी पारालैंगिक महिला (ट्रान्सवुमन)को भूमिका निर्वाह गरेका छन् ।

नाजिरसँगै फिल्ममा सञ्चिता लुइँटेल, सुशील सिटौला, राजकुमार घोष, शिशिर राणा, अनुपम श्रेष्ठ र विशाल पहारीले पनि महत्वपूर्ण भूमिकामा छन्।

नेपालको पहिलो पूर्णरूपको ट्रान्स स्टोरीमा निर्मित यो चलचित्रको अन्तर्राष्ट्रिय वितरण अधिकार अमेरिकाको बफेलो एट्लेले किनेको छ ।

चलचित्रको सम्पूर्ण पोस्ट प्रोडक्सनको काम बाहिर गरिएको छ। चलचित्रको एडिट, कलर, मिक्सिङ, साउन्ड डिजाइनदेखि ब्याकग्राउन्ड म्युजिकसम्मको काम हलिउड शैलीमा बाहिरै गरिएको छ ।

चलचित्रमा हलिउडकी कलाकार लिजा जेरार्डले स्वर दिएकी छिन् भने ब्याकग्राउन्ड म्युजिकको सम्पूर्ण काम मार्सेलो दी फ्रान्सिसीले गरेका छन्। हलिउड चलचित्र ‘ग्ल्याडिएटर– २’ मा लिजाले स्वर दिएकी थिइन् ।

नेपाली फिल्म प्रोडक्सन हाउस र हलिउड फिल्म प्रोड्क्सन हाउसको संयुक्त कोल्याबोरेसनमा बनेको हो। चलचित्रमा आकाश बुढाथोकी र भि–भन्से जानुबोनको लगानी छ। चलचित्रको कार्यकारी निर्माता जेफ्री जे वेन र स्टिभ जोन्स्टन हुन् भने अनुपम श्रेष्ठ चलचित्रका सहयोगी निर्माता हुन् ।

आलोक शुक्लाले खिचेको चलचित्रमा लेखु सहयात्रीको गीत रचना रहेको छ। यो चलचित्र अमेरिकाको प्रतिष्ठित तस्वीर फिल्म मार्केटमा छनोट भएको थियो ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad